नेपाल राहत शिक्षक समिति बराहक्षेत्रले ४  बुँदे माग राख्दै बराहक्षेत्र नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बराहक्षेत्र नगरपालिकामा कार्यरत राहत शिक्षकहरुको हकहितका लागि ४  बुँदे माग सहित नगर प्रमुख रमेश कार्की लाई सोमबार ज्ञापन पत्र बुझाइएको हो ।

gypan

नेपाल राहत शिक्षक समिति बराहक्षेत्रका अध्यक्ष अनिल गौतम सहित, प्रदेश-१ उपाध्यक्ष सरिता नेपाल, प्रदेश-१ सदस्य जानुका काफ्ले, सुनसरी जिल्ला उपाध्यक्ष रञ्जना के.सी., नगर समिति सचिब कमल प्रसाद भण्डारी , नगरमा रहेका राहत शिक्षकहरु ज्ञापन पत्र बुझाउन नगरपालिकाको कार्यालयमै पुगेका थिए । अध्यक्ष अनिल गौतम र सचिब कमल प्रसाद भण्डारी द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा योग्यता, क्षमता र तहका आधारमा कार्यालयीय कामकाजमा सहयोगी भुमिका निर्वाह गर्न दिईनु पर्ने, संचित बिदा बापतको सुबिधा तथा उपचार खर्च ,उपदान ,स्थानीय स्तरमा शिक्षा सम्बन्धि कार्यशालाहरुमा राहतको प्रतिनिधित्व गराउनु पर्ने लगायतका मागहरु उल्लेख छन् ।

gypan 2

सचिब कमल प्रसाद भण्डारीका अनुसार ज्ञापन पत्र बुझिसके पछि, मेयर कार्कीले शिक्षा शाखा संग राहत शिक्षक बारे छलफल गर्ने र राहत शिक्षकका बारेमा नगरपालिका सकारात्मक रहेको बताउनु भएको छ ।