बिराटनगर/ इलाका प्रहरी कार्यालय इटहरी कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको प्रदेश १ कै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। प्रदेश प्रहरी कार्यालय बिराटनगरले ओझालाई जेठ महिनाको प्रदेश १ कै सर्वोकृष्ट प्रहरी घोषित गरेको हो।

ओझाले केहि दिन पहिला इटहरी-४ गोपाल टोलमा अवैध हातहतियार देखाई स्थानियवासीलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिवन्धित लागुऔषधसहित पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जेष्ठ महिनाको प्रदेश १ भरीकै “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो।

पुरस्कृत भएका ओझाले बिभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याई नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार ओझालाई उनले गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिने गरेको छ।