केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाको कार्यालयको गाडि एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ। गाउँपालिका अध्यक्ष चढ्ने स्केर्पियो गाडि एम्बुलेन्सको रुपमा प्रयोग थालिएको हो।

निर्वाचनको समयमा अहिलेका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले आँफु निर्वाचित भए अध्यक्षले चढ्ने गाडि दुखि र न्युन आय भएका बिरामीहरुलाई अस्पताल सम्म पुर्‍याउन एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बाचा गरेका थिए।

सोहि बाचा अनुरुप गाउँपालिकाले अध्यक्षलाई सुबिधाको लागि दिइएको को १ झ ५३३ नम्बरको स्केर्पियो गाडिले केराबारी ९की अढाई बर्षीया बिरामी बालिका रेजस्वी ढकाललाई मोरङ्गको बुढिगंगा गाउँपालिकामा रहेको बिराट टिचिङ्ग हस्पिटल पुर्‍याएको हो।

आईतबार बिहान घरमा नै बिरामी भएकी ढकाललाई अस्पताल पुर्‍याउन बिरामीका आफन्तले एम्बुलेन्स प्रयोजनका लागि गाउँपालिकामा गाडि माग गरेका हुन्।