केराबारी/ केराबारीस्थित मुगु खोलाको जोखिमयुक्त ठाउँहरुको स्थलगत निरिक्षण गरिएको छ। केराबारी ७का केहि युवाले जोखिमयुक्त ठाउँहरुको स्थलगत निरिक्षण गरेका हुन्।

केराबारी गाउँपालिका वडा नम्बर ६ र ७ भएर बग्ने मुगु खोलामा आउने बाढिले पुर्‍याउन सक्ने सम्भावित क्षतिलाई कम गराउने उद्देश्यले पूर्वीखबरको संयोजकत्वमा केराबारी ७ का यूवाले स्थलगत अनुगमन गरेका छन्।

मुगु खोलामा आउन सक्ने बाढिले केराबारी ७का केहि भुभागमा क्षति पुर्‍याउन सक्ने हुँदा सो क्षति कसरी टार्न सकिन्छ भनेर स्थलगत निरिक्षण गरिएको हो। निरिक्षणमा सहभागि यूवाले खोला उकास भएको स्थानमा उत्खनन् गरेर बाढि पस्न सक्ने ठाउँतर्फ ड्याम बनाउनुपर्ने बताएका थिए।

mugu
निरिक्षणका क्रममा खोला उस्किएको ठाउँ स्थानीय शुके गौँडो नजिकै

स्थलगत निरिक्षणका क्रममा सहभागि केराबारी ७ का प्रज्वल राईले सम्भावित क्षति टार्न यथासिघ्र काम थाल्नुपर्ने भन्दै तत्काल काम थाल्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

यस्तै निरिक्षणका क्रममा केराबारी ७कै अर्का यूवा यादव दर्लामी मगरले क्षति पुगेपछि मात्र काम गर्ने परिपाटिको अन्त्य गर्दै बाढि पसेर जनधनको क्षति हुनु पूर्व नै काम गर्न सके राम्रो हुने बताएका छन्।

स्थलगत निरिक्षणका क्रममा पूर्वीखबरका सम्पादक/ प्रकाशक त्रिलोचन पौड्यालले खोलाले ढुंगागिट्टि थुपारेको स्थानको गाउँपालिकाका प्रमुख उपप्रमुखको ध्यानाकर्षण गराएर चाँडो भन्दा चाँडो काम थाल्न अनुरोध गर्ने बताएका छन्। पौडेलले यसअघि नै गाउँपालिका प्रमुखलाई मौखिक ध्यानाकर्षण गराएको भन्दै लिखित ध्यानाकर्षण गराईने बताएका छन्।

स्थलगत निरिक्षणका क्रममा केराबारी ७ पट्टि ध्वद्रे करम भन्ने ठाउँ, शुके गौँडो भन्ने ठाउँ अनि किराँत माङ्गहिम पश्चिम अति जोखिम रहेको पाईएको छ। सो ठाउँहरुमा चाँडो भन्दा चाँडो उत्खनन् गरेर बाढि पस्न सक्ने ठाउँतर्फ ड्याम बनाउनुपर्ने आवश्यकता देखिन्छ।

स्थानीय मुगु खोलाको बाढि २०७४मा पनि गाउँ पस्दा केहि ब्यक्तिको घर बगाउनुका साथै आर्थिक क्षति पुगेको थियो।