बराहक्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ संघ संगठन तथा संस्थाहरुको जन्म भइरहेको छ । यसै क्रममा बराहक्षेत्रमा नयाँ संस्थाको रुपमा भित्रिएको छ, लायन्स क्लब अफ सप्तकोसी डायनामिक, यस अघि पनि बराहक्षेत्रमा लायन्स गठन नभएको भने होइन । एउटा ठाँउमा एक भन्दा बढी पनि लायन्स क्लब गठन गर्न मिल्ने भएको हुँदा नयाँ जोसका साथ क्लबको गठन भएको हो ।

20220618_105659

केही महिना अघि गठन भएको समितिले शनिबार एक औपचारिक कार्यक्रम गरि पद भार ग्रहण गरेको हो । अध्यक्षमा सन्तोष चौलागाई, प्रथम उपाध्यक्षमा दुर्गा नन्द दास, दोस्रो उपाध्यक्षमा सुजित राय, महासचिवमा शिशिर तामाङ(अर्जुन),कोषाध्यक्षमा गोपाल कार्की लगायत २० जना सदस्यहरुले पदभार ग्रहण गर्नु भएको छ ।

20220618_112728-1

उक्त पदस्थापन कार्यक्रम लायन्स क्लब अफ सप्तकोसी डायनामिकको मातृ शाखाको रुपमा रहेको लायन्स क्लब अफ धरान बुढासुब्बाका अध्यक्ष प्रेमराज शाक्यको सभाध्यक्षता र डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा डिस्ट्रिक प्रथम महिला मञ्जु खड्का , अतिथिहरु भिम घिमिरे, बिपिन सुब्बा, दिपेन्द्र निरौला , बराहक्षेत्र वडा नम्बर-८ का वडा अध्यक्ष रोशन खड्का , जेसिजका पूर्व अध्यक्षहरु कमलनाथ दाहाल, दिनेश पोखरेल लगायतको उपस्तिथि रहेको थियो । 

20220618_100944

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले नयाँ समितिलाई सफलताको शुभकामना दिनु भएको छ , साथै लेबि नियमितरुपमा तिर्नु पर्ने समेत बताउनु भएको छ । कार्यक्रमका विशेष अतिथि भिम घिमिरेले नयाँ समितिलाई १० हजार सहयोग समेत प्रदान गर्नु भएको छ । साथै "हामी सहयोग गर्छौं" भन्ने उद्देश्यका साथ लायन्स स्थापना भएको समेत घिमिरेले बताउनु भएको छ ।

20220618_115311