केराबारी/ मोरङ्गको केराबारी ७ का कृषकहरुले केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। कृषक अगुवाहरुले हालै अध्यक्षकै कार्यकक्षमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

स्थानीय सार्वजनिक जल उपभोक्ता सँस्था(माईलो, साईलो तथा कान्छो कुलोका उपभोक्ता) का प्रतिनिधिले अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगरलाई केराबारी गाउँपालिकाको कार्यालयमा नै पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन्। पूर्वीखबरको समन्वयमा सार्वजनिक जल उपभोक्ता सँस्थाका अध्यक्षसमेत रहेका केराबारी ७का जनप्रतिनिधी शोकबहादुर बस्नेत, सचिव टेकबहादुर थापा, सल्लाहकार झलु गिरीले मगरलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ध्यानाकर्षण पत्रमा खदम खोलामा अनियन्त्रित उत्खनन्का कारण पैनीको मुहान गहिरिएर पानि उठाउन सकस भएको हुँदा सो समस्याको दिगो समाधान खोजि गरिदिन आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्रमा पैनिको मुहान सञ्चालन गर्न खोजिएको स्थानमा केहि जग्गावालाहरुले असहयोग गरेको भन्दै उनिहरुलाई कन्भिन्स गरेर सहयोग गर्न अनुरोध समेत गरिएको छ।