इटहरी/ सुनसरीको इटहरी ९ प्रगतिटोल नजिकै रहेको चिजन प्यालेस स्कुलले बालश्रम बिरुद्ध र्‍याली निकालेको छ। स्कुलले बालश्रम बिरुद्धको बिश्व दिवसको अवसरमा र्‍याली निकालेको हो।

बालश्रम बिरुद्धको बिश्व दिवसको अवसरमा गरिएको कार्यक्रममा बाल श्रम अन्त्यको लागि नीति कार्यक्रम र बजेटको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै गाउँ सहर एवं घरका कोठाचोठामा लुकेर काम गरिरहेका वा गर्न बाध्य पारिएका बालबालिकाको उद्घारको लागि सचेतता जगाउन र्‍याली निकालिएको स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयो। chijan py

र्‍याली सहभागी स्कुलका बिद्यार्थीले बिभिन्न नारा लेखिएका प्लेकार्डसहित इटहरीका बिभिन्न ठाउँको परिक्रमा गरेका थिए।

बालश्रम उन्मूलनको लागि अन्तर्राष्ट्रिय बर्ष २०२२को सन्दर्भ तथा बाल श्रम बिरुद्ध विश्व दिवस जुन १२को अवसरमा “अहिल्यै काम थालौँ, बाल श्रमको अन्त्य गरौँ” भन्ने नाराका साथ गरिएको कार्यक्रममा बालश्रमको अवस्था र बालिकाको सवाल विषयक सम्वाद कार्यक्रममा सहभागीहरुले गरिबी, अशिक्षा, सचेतनाको कमी, पारिवारिक संरक्षणको अभाव, घरेलु हिंसा, पारिवारिक बेमेल र भएका नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनको अभावले गर्दा बालश्रम मुक्त समाजको परिकल्पना नारामा मात्र सिमित भएको बिषय स्कुलका शिक्षकवाट बिद्यार्थीलाई जानकारी गराएको प्रिन्सिपल आचार्यको भनाई छ। chijan

इटहरी क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल चिजन प्यालेस स्कुलले मन्टेस्वरी ट्रेन शिक्षकबाट सिकाइलाई प्राथमिकतामा राखेर समय सापेक्ष शिक्षा प्रदान गर्दै आएको छ।

पुर्व प्राथमिक तथा प्राथमिक कक्षाको लागि विशेष केयर तथा आफ्नै सिलेबश समेत चलाएको चिजन प्यालेस स्कुलले पढाउने भन्दा पनि सिकाउने बिषयमा ध्यान दिने गरेको छ।