इटहरी/ सुनसरीको इटहरी ८ स्थित कञ्चनजंगा सेकेण्डरी बोर्डिङ स्कुलले निर्वाचनको झल्को नै दिने गरेर स्कुलमा क्याप्टेन र भाईस क्याप्टेन चयन गरेको छ। स्कुलमा अध्ययनरत कक्षा २ देखि लिएर कक्षा १०सम्मका ३७०जना बिद्यार्थी निर्वाचनमा सहभागी भएका हुन्।

निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा १०मा अध्ययनरत स्मृति अधिकारी र कक्षा ७मा अध्ययनरत हेस्परस आचार्यले १सय ३५मत प्राप्त गरेका छन्। दुवैजनाले बराबरी मत प्राप्त गरेपछि सिनियर बिद्यार्थी भएका कारण स्मृतिलाई स्कुल क्याप्टेन र हेस्परसलाई भाईस स्कुल क्याप्टेन बनाईएको थियो। यसैगरी अर्को स्कुल भाईस क्याप्टेनमा कृष्णा अधिकारी चयन भएकी छन्। 2222

७ जनाले उम्मेद्वारी दिएको स्कुल क्याप्टेन र भाईस स्कुल क्याप्टेन पदमा तीनजना चयन भएका छन्। स्कुल क्याप्टेनमा ४जनाले उम्मेद्वारी दर्ता गराएका थिए भने स्कुल भाईस क्याप्टेनमा ३जनाले उम्मेद्वारी दर्ता गराएका थिए। sir

यसैगरी स्कुलले हाउस क्याप्टेनहरुको पनि निर्वाचनबाटै चयन गरेको छ। हालै भएको निर्वाचनमा रेड हाउसको क्याप्टेनमा ७५मत प्राप्त गर्दै इच्छा श्रेष्ठ निर्वाचित हुँदा रेड हाउसको भाईस क्याप्टेनमा समिष्था आचार्य र सिवानी साह निर्वाचित भएका छन्।

यस्तै ब्लु हाउस क्याप्टेनमा एनि थपलिया ८७ मतका साथ निर्वाचित हुँदा भाईस क्याप्टेनमा प्रकृति मण्डल ७४ मतका साथ निर्वाचित भएकी छन्। यस्तै ग्रिन हाउसको क्याप्टेनमा ७२ मतका साथ जीवन प्रधान निर्वाचित भएका छन् भने ६३मतका साथ अभिशेक रायमाझी ग्रिन हाउसको भाईस क्याप्टनेमा निर्वाचित भएका छन्। त्यस्तै याल्लो हाउस क्याप्टेनमा ६९मतका साथ सिम्पल साह निर्वाचित हुँदा भाईस क्याप्टेनमा ६२मतका साथ प्राश्ना केसी निर्वाचित भएकी छन्।

teachar
निर्वाचन प्रकृया पश्चात स्कुलमा अध्यापनरत शिक्षक/शिक्षिकाका साथमा प्रिन्सिपल आचार्य

स्कुल क्याप्टेन, भाईस स्कुल क्याप्टेन अनि हाउस क्याप्टेन र भाईस क्याप्टेनमा जम्मा २२जनाले उम्मेद्वारी दर्ता गराएका थिए।

निर्वाचनका सबै प्रकृया अपनाएर क्याप्टेन एवं भाईस क्याप्टेन छनौट गर्दा स्कुल क्याप्टेनको लागि खसेको मतमा १२मत बदर भएको थियो। स्कुल भाईस क्याप्टेनका लागि खसेको मत मध्य ४मत बदर भएको थियो। यस्तै याल्लो हाउस क्याप्टेनका लागि खसेको मत मध्य ३मत बदर भएको स्कुलका प्रिन्सीपल हरि आचार्यले बताउनुभयो।

बिद्यार्थीलाई मतदान प्रकृयाको बिषयमा जानकाररी गराउन एवं उनिहरुले नै इच्छाएको प्रतिनिधि छनौट गर्न निर्वाचन नै गराएको प्रिन्सिपल आचार्यले बताउनुभयो।