इटहरी/ सुनसरीको इटहरी ६स्थित एकता टोलमा चितुवा देखिँदा स्थानीय आतंकित भएका छन्। पानिमा रुझेको बयस्क चितुवा इटहरीमा यता र उता लखेटिँदै एकता टोलमा फसेको हो।

इटहरी ६का स्वर्गिय लेहरु चौधरीको घरको भुईँतलामा आएर फसेको चितुवा नियन्त्रणका लागि नेपाली सेना, बनका कर्मचारी, शशस्त्र प्रहरी, नेपाल प्रहरी भेला भएर सम्बन्धित निकायलाई खबर गरिसकेका छन्।

एकता टोलमा भेटिएका पत्रकार मनोज भुजेलले दिएको जानकारी अनुसार अहिले कोशी टप्पु बन्यजन्तु आरक्षबाट प्राविधिकसहितको टोलि चितुवालाई नियन्त्रणमा लिन आउँदैछ।

अहिले आदर्श टोलमा सयौँ स्थानीय भेला भएका छन् भने चौधरीको घर अनि आसपासका मानिस घरबाट बाहिर निस्कन सकेका छैनन्। चितुवा भेटिएको ठाउँमा अहिले दर्जनौँ प्रहरी, बनका कर्मचारी, शशस्त्र प्रहरी, नेपाली सेनाले घेरा हालेका छन्।

यस्तै सो ठाउँ इटहरीका मेयर हेमकर्ण पौडेल, इटहरी ६का वडाध्यक्ष दिवस पोख्रेल, इटहरी ९का वडाध्यक्ष जितेन्द्र थापालगायतका जनप्रतिनिधिसमेत पुगेका छन्।