बराहक्षेत्र-६, सुनसरीमा रहेको कोशी सम्मान साप्ताहिकले आयोजना गरेको ३ दिने आधारभूत पत्रकारिता तालिमको समापन भएको छ । तालिममा बराहक्षेत्रका २० जना युवाहरुको सहभागीता रहेको थियो । सोमबार भएको समापन कार्यक्रम बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख  रमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

press mayor samman

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकि उप प्रमुख नन्द कुमारी राई, पत्रकार महासंघ सुनसरीका सदस्य सुबिन बिश्वकर्मा, प्रेस चौतारीका प्रदेश सदस्य प्रदिप चौधरी , नगर कमिटी अध्यक्ष लक्ष्मण कटुवाल, प्रेस युनियन बराहक्षेत्र सभापति संगम बिष्ट , बराहक्षेत्र ६ नम्बर वडाका अध्यक्ष उद्धब प्रसाद पोखरेल सहित सम्पूर्ण जनप्रतिनिधि साथै सामाजिक संस्थाका प्रतिनिधिहरु सन्तोष चौलागाईं , अबियोग राई लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर कार्कीले आर्थिक वर्ष २०७९/८० मा बराहक्षेत्रको संचार क्षेत्रलाई समेट्ने बताउनु भएको छ र कोशी सम्मान साप्ताहिकको इतिहास लाई सम्झिदै खुलेर प्रशंसा समेत गर्नु भएको छ ।

press mayor

उक्त तालिम बराहक्षेत्र वडा नम्बर ६ को आर्थिक सहयोगमा सम्पन्न भएको प्रधान सम्पादक हिरण्य कार्कीले बताउनु भएको छ । समापन कार्यक्रममा बोल्दै प्रेस चौतारीका प्रदेश सदस्य प्रदीप चौधरीले तालिममा उत्कृष्ट ३ जना सहभागीहरुलाई आफूले संचालन गरेको बराहक्षेत्र मिडिया प्रा.लि.मा रोजगार दिने उद्घोष गर्नु भएको छ साथै कोशी सम्मान साप्ताहिकलाई अक्षयकोषका लागि रु.५ हजार आर्थिक सहयोग समेत गर्नु भएको छ ।

press pradip (1)

तालिममा प्रशिक्षकको रुपमा पत्रकार द्वय अमर खड्का र बाबुराम कार्की रहनु भएको थियो । समापन समारोहमै कोशी सम्मानले नगर प्रमुख र उपप्रमुख सहित बराहक्षेत्रका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरेको थियो ।

285347498_1441667762982583_8107235795473141720_n