इटहरी/ सुनसरीको इटहरीमा सञ्चालनमा रहेको बेदान्त हस्पिटलमा प्रदेश नम्बर १ मा लामो समयदेखि बिभिन्न अस्पतालमा आबद्ध रहेर ल्याप्रोस्कोपी सर्जरी गर्दै आएका दक्ष, अनुभवी एवं तालिम प्राप्त सर्जन डा.सुनित अग्रवालको दैनिक सेवा शुरु भएको छ।

बरिष्ठ सर्जनद्वारा दुर्विनबाट पेट सम्वन्धी सेवाहरु साथै पित्तथैलीको पत्थरी, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पाइल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोष्टेट, पिलो, कान चुडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनैपनि ठाउँमा गाँठागुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रुपमा प्रदान गरिने वेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

दैनिकरुपमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञद्वारा C-arm machine प्रबिधीबाट भाँचिएको हड्डिहरुमा स्टिल वा के–वार राखी अप्रेसन गरिनुका साथै हात खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको, मासु पलाएको, नङ गाडिएको, दक्ष तालिम प्राप्त र अनुभवि बरिष्ठ डाक्टरहरुद्वारा अप्रेसन गरिने सञ्चालक श्रेष्ठले बताउनुभयो।

यसैगरी दैनिक रुपमा बरिष्ठ फेमिली फिजिसियन, हाडजोर्नी तथा नसा रोग, बाल तथा नबजात शिशु रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, भिडियो एक्सरे सेवा समेत वेदान्त हस्पिटलले प्रदान गर्दै आएको छ।

इटहरी ४ स्थित ट्याङग्रा खोला पूर्व रहेको वेदान्त हस्पिटलले २४ सै घन्टा एमबिबिएस डाक्टरद्वारा इमर्जेन्सी सेवा प्रदान गर्दै आइरहेको छ। अस्पतालको स्वास्थ्य सेवाहरुबारे जानकारी लिन तथा स्वास्थ्य सेवाको निम्ति अग्रिम नाम टिपाउन फोन नम्बर ०२५–५८७५८४ सम्पर्क गर्न सकिने हस्पिटलले जनाएको छ।tintin