केराबारी/ मोरङ्गको केराबारी गाउँ कार्यपालिका बैठकले सार्वजनिक जग्गा संरक्षण तथा उपयोग सम्बन्धि कार्यविधि २०७९ मस्यौदा पेश भई छलफलको लागि विधेयक समितिमा पठाउने निर्णय गरेको छ। केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै जग्गा सम्याउने सम्बन्धि कार्यविधि २०७९ मस्यौदा पेश भई छलफलको लागि विधेयक समितिमा पठाउने निर्णय समेत गरेको छ। यस्तै स्थानीय राजश्व परामर्श समिति गठन गर्दै श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरेको छ। final 2

यसैगरी बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गर्दै केराबारी गाउँ कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७४ बमोजिम बिभिन्न बिषयगत समिति पनि गठन गरेको छ।

बैठकले आर्थिक बिकास समितिको संयोजकको जिम्मेवारी केराबारी २का वडाध्यक्ष प्रेमबहादुर लिम्बुलाई, सामाजिक बिकास समितिको संयोजकको जिम्मेबारी केराबारी १का वडाध्यक्ष शरण थापा मगरलाई, पुर्वाधार बिकास समितिको संयोजकको जिम्मेबारी केराबारी १०का वडाध्यक्ष पुर्णबहादुर मगरलाई तोकेको छ।

यस्तै वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजकको जिम्मेबारी केराबारी ६का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरलाई, संस्थागत बिकास र सुशासन समितिको संयोजकको जिम्मेबारी केराबारी ९का वडाध्यक्ष गोपाल राईलाई र बिधेयक समितिको संयोजकको जिम्मेबारी केराबारी ७का वडाध्यक्ष खगेन्द्र प्रसाद निरौलालाई तोकेको छ। Nirnaya

यस्तै बैठकले कार्यपालिका सदस्य नारायण भुजेललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।