इटहरी/ इटहरी उप-महानगरपालिकाका मेयर, उपमेयरसहितको टोलीले प्रदेश नम्बर १का मुख्यमन्त्री एवं मन्त्रीहरुसँग भेटघाट गरेको छ। टोलीले बिहिबार प्रदेश १का मन्त्रीहरुसँग भेटघाट गरेको हो।

मेयर,उपमेयरसहितको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई, अर्थमन्त्री इन्द्र आङ्वो, स्वास्थ्यमन्त्री जयराम यादवलगायतलाई भेटेको हो। भेटमा इटहरी उप-महानगरपालिकाका मेयर हेमकर्ण पौडेल र उप–प्रमुख संगिता चौधरीले इटहरीको शिक्षा, स्वास्थ्य, पुर्बाधार बिकास एवं इटहरीको बाढी नियन्त्रणका लागि आर्थिक बर्ष २०७९/०८० को बजेट ब्यबस्थाका लागि अनुरोध गरिएको नगर प्रमुख पौडेलले पूर्वीखबरलाई बताउनुभयो।

भेटघाटमा नगर प्रमुख पौडेलले इटहरीमा समस्या खडा गर्ने शेरा खोलामा तटबन्ध गर्ने, ट्यांग्रा खोला डाईभर्सन गर्नका लागि बजेट माग गरिएको बताउनुभयो। पूर्वीखबरसँग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख पौडेलले इटहरीमा अत्याधुनिक सिटिहल निर्माण, बहुजातीय संग्रहालय निर्माण देखि लिएर इटहरीका सामुदायीक बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्दिका लागि बजेट आवश्यक भएको भन्दै त्यसका लागि ध्यानाकर्षण गरिएको बताउनुभयो। muma

यस्तै स्वास्थ्य मन्त्री जयराम यादवसँगको भेटमा इटहरीमा निर्माण हुँदै गरेको इटहरी अस्पताललाई भौतिक एवं अन्य आवश्यक सामग्री आवश्यक परेको भन्दै त्यसका लागि ध्यानाकर्षण गर्दै बजेट माग गरिएको नगर प्रमुख पौडेलको भनाई छ।