इटहरी/ इटहरीमा हल्का बर्षा भयो कि इटहरी उप-महानगरपालिकाको गेटै अगाडि ‘पोखरी’ बनि हाल्थ्यो। पानी जमेर ‘पोखरी’ बनेपछि अव माछा पाल्नुपर्छ भनेर धेरैजनाले ब्यङ्ग्य गर्ने गर्दथे।

यसरी उप-महानगरपालिका कार्यालयको ‘नाकै’मा ‘पोखरी’ बनेको देखेर धेरैजनाले खिसिट्युरी गर्ने गरेका थिए। अव भने ‘नाकै’को ‘पोखरी’ पुरिएपछि सो खिसिट्युरीको बिषयको अन्त्य भएको छ। itahari

चारदिन अघि नगरस्तरीय बिपद् व्यवस्थापन समितिको बैंठक बसेर नगरक्षेत्रका सम्पुर्ण नाला सफा गर्ने निर्णय गरेसँगै ‘पोखरी’ हुने उप-महानगरको गेट अगाडि खाल्डो परेको भागमा पानी जम्ने र आवत जावतमा समस्या हुने देखिएपछि नवनिर्वाचित नगरप्रमुख हेमकर्ण पौडेलको निर्देशनमा समस्या समाधान गर्न पुरिएको हो।

पुरिएको स्थानमा अव इन्टरलक हालेर बाटो निर्माण गरिने भएको छ। त्यसका लागि इन्टरलक पनि झारिसकेको छ। अवको केहि दिनमा नै इटहरी उप-महानगरपालिकामा ब्यापक सुधार गरिने नवनिर्वाचित नगर प्रमुख पौडेलले पूर्वीखबरलाई बताउनुभयो। pani pani

आईतबारको बिपद् व्यवस्थापन समितिको बैठकले सबै वडाध्यक्ष हरुलाई आफ्नो वडामा हुने डुवानका क्षेत्रहरुको विवरण संकलन गरी एक हप्ताभित्र नाला पैनी सफा गर्न भनिएको थियो ।

उप-महानगरको डोजरले सोमबारबाटै शहरका मुख्य चोकका नाला सफागर्ने अभियान शुरु गरिसकेको छ। सोमबार बिराटनगर लाईनको नाला एउटा डोजर र ट्याक्टरको प्रयोग गरेर सफा गरिएको थियो। मेयरमा निर्वाचित भएपछि पौडेलले आइतबार बिहानै इटहरीका मुख्य चोक नजिकैका नाला पैनीको निरिक्षण समेत गरेका थिए।