केराबारी/ मोरङ्गको केराबारी खोर्साने सडक खण्ड अन्तरगत चारकोशे झाडीमा हुने बिद्युतको समस्याको दीर्घकालिन समाधान गरिने भएको छ। समस्या समाधानका लागि मंगलबार बिद्युत प्राधिकरणसँग सहमति गरिएको छ।

चारकोशे झाडिमा रुखको हागाँहरु भाँचिएर सर्ट सर्किट भई बिद्युत अवरोध हुने समस्या रहेको हुँदा समस्या समाधानको पहल गरिएको हो।

त्यसका लागि कभर्ड तारसहितको नयाँ लाइन बिस्तार गरि तत्काल सुधार गर्न नेपाल बिद्युत प्राधिकरणसँग समन्वय गरि तत्कालै काम अघि बढाउने सहमती भएको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुमन मिरिङ्गचिङ्गले बताउनुभएको छ।