केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगरले दुईवटा महत्वपूर्ण निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्। अध्यक्ष मगरले सोमबार पदभार ग्रहण पश्चात हस्ताक्षर गरेका हुन्।
अध्यक्ष मगरले केराबारी १ र २का गर्भवती महिलालाई सुत्केरी गराउन जान समस्या हुने हुँदा केराबारी १ र २मा नै प्रसुती गृह स्थापना गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।
यस्तै केराबारीका दशैवटा वडामा खानेपानिको समस्या रहेको हुँदा समस्या समाधानका लागि त्यहाँका खानेपानि समितिहरुलाई बस्तुगत रिर्पोट माग गरेर कसरी शुद्व पानि वितरण गर्न सकिन्छ सुझावसहितको रिपोर्ट पेश गर्न निर्देशन दिने निर्णयमा हस्ताक्षर गरेका छन्।