सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिकाका पूर्व मेयर शिव ढकालले लेखेको फेसबुक स्टाटस पुनः बिवादित बनेको छ। उनले आफ्नो फेसबुक ह्याक गर्न खोजेको आरोप लगाउँदै गलत पोष्ट गरेर आँफुलाई वदनाम गर्न खोजिएको आशय प्रस्तुत गरेपछि उनको स्टाटस पुन बिवादित बनेको हो।

मत परिणाम ओरालो लागेसँगै क्षेत्रिय सभापति र नगर सभापतिलाई आरोप लगाउने स्ट्याटस हालेका ढकालको स्ट्याटसमा उनि विरुद्ध नै असन्तुष्टि र नकारात्मक टिकाटिप्पणीहरु आउनथाले पछि अर्को स्ट्याटस लेखेका हुन्। सुन्दरहरैँचाको मेयर पदमा पराजित भएपछि ढकालले पराजयको दोष निरन्तर अरुलाई नै दिईरहेका छन्। आफ्नो पार्टीको बिश्वास नगरेर अर्काे पार्टीसँग मिलेर निर्वाचन लडेका ढकालले अन्तरघात गरिएको भन्ने आरोप पछि पुनः फेसबुक ह्याक गरेर गलत पोष्ट गर्न खोजिएको भन्दै अर्को आरोप लगाएका हुन्।

ढकालले लेखेका छन् ‘८गते साझ तिर मेरो फेसबुक ह्याक गर्न तिर लागेछन् साथिहरु। गलत पोष्ट गरेर थप केही गर्न सकिन्छ कि भनेर। तत्काल पासवर्ड चेञ्ज गरेँ। गलत केही शेयर या पोष्ट भएको भए अन्यथा नलिदिनुहोला।’ siba dhakal 2

यसपछि यो पोष्टमा धेरै जनाले प्रतिकृया जनाएका छन्। ढकालको स्टाटसमा प्रकाश उपाध्यायले लेख्छन् ‘गर्ने बेलामा नानाथरी पोष्ट गर्नुभयो अहिले आएर त्यसो भन्न मिल्छ र महोदय’ prakash

यस्तै कुमार फुयाल लेख्छन् ‘छोराको जन्मोत्सवको शुभकामना पोष्ट गर्दासम्म ह्याक नदेख्नुभएको, हिजो चुनावी नतिजा घोषणा पछि ह्याक लेखेर जानकारी गराउनु भएकोमा धन्यबाद’। kumar

कृष्ण न्यौपाने लेख्छन् ‘खरायो जितपछि छेपारे प्रबृत्ति देखाए पूर्व मेयरले। कठै गठबन्धन’ krishna

अर्बिन नाम गरेका एक प्रयोगकर्ता लेख्छन्‘ह्याक गर्ने मान्छेलाई पासवर्डसँग के मतलव र, चेञ्ज गर्दा ह्याक नहुने हो र ? अनि नेपालमा ह्याक गर्न सजिलै रहेछ’ भनेर हाँसेको इमोजी पोष्ट गरेका छन्। arjun

ढकालले शनिबार बिहान पनि मतगणनामा आँफु पछि पर्न थालेपछि सामाजिक सञ्जाल फेसबुकमा आँफुलाई हराउन कांग्रेस नै लागेको भन्दै क्षेत्रीय सभापति र नगर सभापतिको नाम लेखेर ह्यासट्याग नै हालेर आरोप लगाएका थिए। हेर्नुहोस ढकालको आरोप: siba dhakal

ढकालको स्टाटसमा गरिएका कमेन्टहरु : suman jimi sudip sp nepali man mahila arko dahal regmi renu fuyal khem anju