सुन्दरहरैँचा/ पछिल्लो समय मोरङ्गमा सबैको चासोको बिषय बनेको सुन्दरहरैँचामा नेकपा एमाले निर्वाचित भएको छ। एमालेबाट मेयर पदमा केदार गुरागाँई र उपमेयरमा अकलीदेवी चौधरी निर्वाचित भएका हुन्।

मेयर पदमा ७ सय २७ मतान्तरले केदार गुरागाँई निर्वाचित हुँदा उपमेयरमा ११ हजार १ सय ५२ मतान्तरले अकलीदेवी चौधरी निर्वाचित भएकी निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार मेयर पदमा केदार गुरागाँईले २१हजार ४सय ५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दि शिव ढकालले २०हजार ६सय ७८मत प्राप्त गरेका छन्। यस्तै उपमेयरमा अकलीदेवी चौधरीले २२ हजार ४ सय ५२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दि गठबन्धनबाट उपमेयरका उम्मेद्वार नवराज चापागाँईले ११हजार ३सय मत प्राप्त गरेका छन्।

गठबन्धनबाट निर्वाचन लड्दा पनि माओवादी केन्द्रले सुन्दरहरैँचामा बिउ पनि जोगाउन सकेन भने नेकपा एसले पनि बिउ जोगाउन सकेन।

यसैगरी सुन्दरहरैँचाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेस प्यानलै निर्वाचित भएको छ भने वडा नम्बर ३, ५, ८, १० र १२ मा नेकपा एमाले प्यानलै निर्वाचित भएको छ। यस्तै वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार वडाध्यक्ष निर्वाचित हुँदा चारवटा सदस्य पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन। वडा नम्बर ४, ६ र ९ मा नेपाली कांग्रेस वडाध्यक्षमा मात्रै निर्वाचित भएका छन्। बाँकी पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन्। त्यस्तै वडा नम्बर ११मा वडाध्यक्षसहित ४ जना सदस्य नेकपा एमालेका निर्वाचित हुँदा एकजना सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।

यी हुन् सुन्दरहरैँचाका बिभिन्न वडामा निर्वाचित हुने जनप्रतिनिधिहरु :
वडा नम्बर १मा नेपाली कांग्रेसका राम बिश्वास खवास वडाध्यक्षमा निर्वाचित भएका छन्। खुल्ला सदस्यमा तारा प्रसाद श्रेष्ठ र भगवान साह, महिला सदस्यमा धारणा खनाल अनि दलित महिला सदस्यमा लक्ष्मी बिश्वकर्मा निर्वाचित भएकी छन्।

यसैगरी वडा नम्बर २मा वडाध्यक्षमा नेपाली कांग्रेसकै बिवश प्रधान, वडा सदस्यहरुमा ओम नारायण चौधरी र नन्द नारायण गच्छदार महिला सदस्यमा सिता कुमारी खवास र दलित महिला सदस्यमा प्रमिला कुमारी बिश्वकर्मा निर्वाचित भएका छन्।

वडा नम्बर ३को अध्यक्षमा नेकपा एमालेका बिदुर ढुङ्गाना, वडा सदस्यमा निलम अधिकारी र नारायण प्रसाद भट्टराई, महिला सदस्यमा पूर्णमाया लिम्बु र दलित महिला सदस्यमा पवित्रा दमाई निर्वाचित भएका छन्।

वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका कैलाश बस्नेत निर्वाचित हुँदा वडा सदस्यमा नेकपा एमालेका गणेश प्रसाद गुरागाई र शान्ती चौधरी, महिला सदस्यमा दुर्गा पोखरेल अनि दलित महिला सदस्यमा राजकुमारी बिश्वकर्मा निर्वाचित भएका छन्।

यस्तै वडा नम्बर ५को वडाध्यक्षमा नेकपा एमालेका गणेश चौधरी, खुल्ला सदस्यमा घनश्याम घले गुरुङ्ग र श्याम खनाल, महिला सदस्यमा इन्दिरा देवी चापागाई र दलित महिला सदस्यमा रोशनी परियार निर्वाचित भएका छन्।

वडा नम्बर ६को वडाध्यक्षमा कांग्रेसका सन्देश लिङ्देन, खुल्ला सदस्यमा तेज बहादुर प्रधान र शिवराज चौधरी, महिला सदस्यमा गिता मिश्र, दलित महिला सदस्यमा टुना कुमारी विश्वकर्मा निर्वाचित भएका छन्।

यस्तै वडा नम्बर ७मा स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगर वडाध्यक्षमा निर्वाचित हुँदा वडा सदस्यमा खुशीलाल चौधरी र मीनबहादुर गुरुङ, महिला सदस्यमा सीतादेवी अधिकारी र दलित महिला सदस्यमा शारदा बिश्वकर्मा निर्वाचित भएका छन्।

वडा नम्बर ८को वडाध्यक्षमा नेकपा एमालेका खेमप्रसाद न्यौपाने वडा सदस्यमा भोज बहादुर राई र रोशन नाथ उप्रेती, महिला सदस्यमा कुमादेवी दाहाल र दलित महिला सदस्यमा तुलसा दर्जी निर्वाचित भएका छन्।

यस्तै वडा नम्बर ९को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश श्रेष्ठ निर्वाचित हुँदा वडा सदस्यहरुमा कयेस मिया र राज नारायण खवास, महिला सदस्यमा रुकमणी घिमिरे र दलित महिला सदस्यमा शारदा बिश्वकर्मा निर्वाचित भएका छन्।

वडा नम्बर १०को वडाध्यक्षमा नेकपा एमालेका राजकुमार राई, वडा सदस्यहरुमा ओमप्रसाद थपलिया र रमेश गौतम, महिला सदस्यमा बविता खापुङ, दलित महिला सदस्यमा गंगामाया बिक निर्वाचित भएका छन्।

वडा नम्बर ११को वडाध्यक्षमा नेकपा एमालेका बिशनलाल चौधरी माझी, वडा सदस्यहरुमा नेपाली कांग्रेसका बिशाल लिम्बु र नेकपा एमालेका जीवनाथ ढकाल, महिला सदस्यमा सुष्मा चौधरी दनुवार, दलित महिला सदस्यान ज्ञानुमाया सार्की निर्वाचित भएका छन्।

वडा नम्बर १२को वडाध्यक्षमा नेकपा एमालेका रोशन प्रसाद ढकाल, वडा सदस्यमा दिलिप प्रसाद दाहाल र कमला श्रेष्ठ, महिला सदस्यमा निलम थापा, दलित महिला सदस्यमा प्रमिला आछामे सार्की निर्वाचित भएका छन्।