इटहरी/ सुनसरीको इटहरीमा आइतबार बिहान नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदी माथी सांघातिक आक्रमण भयो। सुवेदी माथी आक्रमण भएपछि एमाले कार्यकर्ताले इटहरी उपमहानगरपालिका कार्यालय अगाडी मुख्य राजमार्ग अवरुद्व गरे।

राजमार्ग अवरुद्व भएपछि प्रहरीले पटक पटक सडक खुलाउन आग्रह गर्‍यो, तरपनि आक्रोशित कार्यकर्ताले आग्रह स्विाकार गरेनन्। उनिहरुको एउटै माग थियो। दोशीलाई पक्राउ गर्नुपर्‍यो। त्यसपछि प्रहरीले जाहेरी ल्याउन आग्रह गरेपछि सुवेदीले इटहरी प्रहरीमा ज्यान मार्ने उद्योग अन्तरगत जाहेरी दर्ता गराएका छन्।

IMG_4754
कुटपिटका कारण अनुहारमा चोट लागेका सुवेदी

सुवेदीले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दर्ता गरेसँगै पानि पनि पर्‍यो, त्यसपछि अवरुद्व सडक पनि खुलेको छ। सुवेदीले इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा नेकपा(एकिकृत समाजबादी) बाट उम्मेद्वार भएर एमालेसँग पराजित केशव कुमार बिष्टका छोरा कैलाश बिष्टसहित तीनजना बिरुद्व किटानी जाहेरी दिएका छन्। IMG_4765

सुवेदीले बिष्टसहितका तीनजनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको जोहरीमा उल्लेख गरेका छन्। सुवेदीलाई बिष्टले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा आक्रमण गर्ने धम्की दिएको जाहेरीमा उल्लेख गरेका छन्।

इटहरीको मतगणना स्थलबाट बाहिरिँदै गर्दा वडा नम्बर ६का निबर्तमान वडाध्यक्ष दिपक गौतमको घर अगाडि सुबेदीमाथी आँफुलाई आक्रमण गरेको सुवेदीले सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन्।

IMG_4755
सुबेदीलाई फेसबुकमा दिएको धम्कीको स्क्रिनसट

सुबेदीको भनाई हेर्न यहाँ क्लिक गर्नुहोस ।