सुनसरी/ सुनसरीको दुहबी ८ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रत्यासी तारिकचन्द्र सरदार प्यानलसहित बिजयी भएका छन्। एमालेका अमित राईलाई ३५१मतान्तरले पछि पार्दै सरदार बिजयी भएका हुन्।

खसेको २ हजार ६ सय ६ मतमा सरदारले १हजार ३सय ५७मत प्राप्त गर्दा राईले १हजार ६ मत प्राप्त गरेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा प्यानलसहित बिजयी भएका सरदार पुन वडाध्यक्षमा निर्वाचित भएका हुन्। महिला वडा सदस्यमा २ सय ८१मतान्तरले एमाले उम्मेद्वारलाई पछि पार्दै १ हजार ३ सय ५ मत प्राप्त गर्दै कलावती माझी निर्वाचित भएकी छन्।

दलित महिला सदस्यमा १ हजार २ सय ७५ मत प्राप्तगर्दै २ सय ६८ को मतान्तरले सरिता मुसहर्नी, वडासदस्य (खुल्ला सदस्य–१) इन्दिरा निरौला १ हजार २ सय १४ मत प्राप्त गर्दै ३ सय ५६ को मतान्तरले निर्वाचित हुँदा र खुल्ला सदस्य २ मा १ हजार ६६ मत प्राप्त गर्दै १ सय ४३ मतान्तरले नबि हुसैन निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि भएको बिजय जुलुसमा नवनिर्वाचित वडाध्यक्ष तारिकचन्द्र सरदारले दुहवी ८ बासीको हितमा अवको पाँचबर्ष अहोरात्र खटिने र जनमानसको मर्म भावना अनुसार योजना बनाएर काम गर्ने प्रतिबद्दता जनाएका छन्।