सुनसरी/ सुनसरीको गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशनारायण चौधरी र उपाध्यक्षमा अनिता साह निर्वाचित भएका छन्। नेपाली कांग्रेसका महेश दत्तलाई ३ हजार ५ सय ५१ मतले पराजित गर्दै चौधरी बिजयी भएका हुन्।

चौधरीले ८हजार ९सय १ मत प्राप्त गर्दा दत्तले ५ हजार ३सय ५० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि नेकपा एमालेकी अनिता साहले ७ हजार ८ सय १५ मत प्राप्त गरेकी छन्। साहकी निकटतम् प्रतिद्वन्दि कांग्रेसकी राजकुमारी चौधरीले ५हजार ८सय ३८मत प्राप्त गरेकी छन्।

गढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा एमालेले प्यानलै जीतेको छ। यसअघि कांग्रेसको गढ मानिने गढिमा एमालेले ऐतिहासिक जीत हासिल गरेको हो। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए।

को हुन आश नारायण चौधरी ?
गढिमै जन्मे हुर्केर त्यहिँको माटोसँग गाढा सम्वन्ध बनाएका गरीवि निवारणको क्षेत्रमा दशक अघि देखि क्रियाशिल ब्यक्तित्व हुनुहुन्छ आश नारायण चौधरी । चौधरीले करिव तीनलाख सदस्य रहेको फरवार्ड माइक्रोफाइनान्सको सिइओको रुपमा कार्यरत रहेर कुशल नेतृत्व क्षमता देखाइसकेका छन्।

चालिस जिल्लामा १सय ६० शाखा रहेको सँस्थाका एक हजार कर्मचारीबाट तीनलाख सदस्यलाई परिचालन गरेर लाखौ जनताको अनुहारमा मुस्कान र घरआँगनमा खुशीयाली ल्याइसकेका छन्।

चौधरीको कुशल नेतृत्वबाट हजारौ हजार जनताको आर्थिक स्तर सवल बनेको छ। गरीविको ठाँउमा सम्वृद्धिले बास गरेको छ,नेतृत्व क्षमता बढेको छ। योजना निर्माणको क्षेत्रमा समेत उत्तिकै दख्खल राख्ने आश नारायण चौधरीले गढि गाँउपालिकाको सम्वृद्धि र बिकासका लागि दीर्घकालिन र अल्पकालिन योजना तयार गरेर एउटा नमूना गाँउपालिका वनाउने लक्ष्य राखेका छन्। आश नारायण चौधरी नेकपा एमालेको जिल्ला सदस्य र गढि गाँउपालिकाको इञ्र्चाज समेत हुन।
आर्थिक शशक्तिकरण अभियानका अगुवा, ग्रामिण अर्थतन्त्रको क्षेत्रका विज्ञ ब्यक्तित्व आशनारायण चौधरीले अब्यवस्थित वसोवासलाई ब्यवस्थित गर्ने, पहिलेदेखिनै वसोवास गरिरहेका भूमिहिनलाई आवासको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन्।

धार्मिक गढि वनक्षेत्रको संरक्षण गर्दै प्रदेश १ कै एक नमूना पर्यटकीय क्षेत्र बनाउने उनको लक्ष्य छ। यस्तै गढि खेलमैदानको स्तरोन्नती गरि खेलकुद क्षेत्रलाई ब्यवसायिकरण गर्ने कार्यलाई निर्वाचित भएलगत्तै अघि बढाउन चाहन्छन्। सवै वडाको सडकहरुको स्तरोन्नती गर्ने, मुलबाटोहरुमा नालासहितको कालोपत्रे गर्ने योजना छ।

सामुदायिक भवन नभएका वडामा सामुदायिक भवन वनाउने, प्राविधिक शिक्षाको ब्यवस्था गर्ने, गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने एमाले गढिले आशनारायण चौधरीमार्फत गाँउपालिकावाट कार्यावन्यन गराउने उदेश्य लिएको छ।

एमएड र एमएस्सी गरि दुईबिषयमा स्नातकोत्तर गरेका बौद्धिक ब्यक्तित्ववाट गाँउपालिकाको नेतृत्व हुँदा गाउँपालिकाले मुहार फेर्नेमा स्थानीय आशावादी देखिन्छन। थाइल्याण्ड,फिलिपिन्स,वंगलादेश,भारतलगायतका देशहरुमा भएका अन्तराष्ट्रिय सेमिनारहरुमा सहभागिताबाट उनले पाएको ज्ञान र शीप गाँउपालिकाको सम्वृद्धि र विकासमा पोखिने स्थानीयको अपेक्षा छ।