सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर-२मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । विजय घोषणा संगै नेकपा एमालेले बराहक्षेत्रको चक्रघट्टीमा विजय जुलुस मनाई रहेको छ ।
 
नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा होम प्रसाद गौतम , खुला सदस्य तर्फ झपड बहादुर कटुवाल र प्रेम प्रसाद दाहाल ,महिला सदस्य तर्फ चुनु श्रेष्ठ त्यसैगरी दलित महिला सदस्य तर्फ सिर्जना परियारको प्यानल नै विजयी भएको हो । २०७४ सालको चुनावमा उक्त वडामा नेपाली काङ्ग्रेसका हरिकृष्ण भट्टराईले जीतेका थिए भने यस वर्ष नेपाली काङ्ग्रेसका नारायण नेपाल नेकपा एमाले संग पराजित भएका छन् । निर्वाचित गौतमले १७९१ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी नेपालले १६७५ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जनाएको छ ।
 
बराहक्षेत्रको १ नम्बर वडामा पनि एमालेको प्यानल नै विजयी भएको हो । हालसम्मको मत परिणाममा मेयर पदमा भने निकै नै कडा प्रतिस्पर्धा भईरहेको छ । यो समाचार तयार पार्दा सम्म मेयर पदमा एमालेका निलम खनालले ३,०७२ मत र गठबन्धन तर्फका रमेश कार्कीले ३,३५५ मत प्राप्त गरेको जानकारी मतदान अधिकृतको कार्यालय बराहक्षेत्रले दिएको छ ।