सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका तर्फबाट वडाअध्यक्षमा किसन थापा मगर, खुला सदस्य तर्फ कुमार भट्टराई र दिपक राई, महिला सदस्य तर्फ  अमिना राई त्यसैगरी दलित महिला सदस्य तर्फ दिलमाया नेपालीको प्यानल नै विजयी भएको हो ।

ek art

२०७४ सालको चुनावमा उक्त वडामा नेपाली काङ्ग्रेसका सुरेश श्रेष्ठले जीतेका थिए भने यस वर्ष फेरि पनि उमेदवारी दिएका श्रेष्ठ पराजित भएका छन् ।

ek grp

निर्वाचित थापा मगरले १२३८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी श्रेष्ठले १०२० मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जनाएको छ ।

ek2