केराबारी/ मोरङ्गको केराबारी २ मा नेकपा (एमाले)का उम्मेद्वारहरु प्यानलै निर्वाचित भएका छन्। केराबारी २मा वडाध्यक्षका उम्मेद्वार प्रेम लिम्बुसहित प्यानलै निर्वाचित भएका हुन्।

केराबारी १०मा १ हजार २सय ९६ मत खस्दा निवर्तमान वडाध्यक्ष समेत रहेका प्रेम लिम्बु ७ सय ५मतसहित निर्वाचित भएका छन्। मगरका निकटतम् प्रतिद्वन्दि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै वडाध्यक्षका उम्मेद्वारले ५सय ४१मत प्राप्त गरेका छन्। prem limbu

साथै वडा सदस्यमा एमालेकी महिला सदस्य ६सय ८०मत, दलित महिला सदस्यले ६सय ७६मत अनि खुल्ला सदस्यले ६सय ८५मत र अर्का खुल्ला सदस्यले ६सय ७१ मत प्राप्त गर्दै बिजयी भएका छन्।

यस्तै गठबन्धनका तर्फबाट महिला सदस्यले ५सय ४५मत, दलित महिला सदस्यले ५सय ४७मत यस्तै खुल्ला सदस्यले ५सय ३१मत अर्का खुल्ला सदस्यले ५मत २० मत प्राप्त गरेका छन्।

यस्तै केराबारी २ बाट गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार सुमन मिरिङ्गचिङ्ग मगरले ७ सय ३८ मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै अध्यक्षका उम्मेद्वार बनेका रोहित कार्कीले ४ सय ८१ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेद्वार मनमाया मगरले ७सय ११मत प्राप्त गरेकी छन्। गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी)को प्रतिनिधित्व गर्दै उपाध्यक्षकी उम्मेद्वार बनेकी शुभद्रा राईले ५सय ५मत प्राप्त गरेकी छन्।

केराबारी १,१० र २ नम्बर वडाको गरेर एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार सुमन मगरलाई २हजार २सय ५०मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनका रोहित कार्कीले १हजार ४सय ३१मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा केराबारी १, १० र २ नम्बर वडाको गरेर एमालेका गाउँपालिका उपाध्यक्षका उम्मेद्वार मनमाया मगरलाई २हजार १सय ७ मत प्राप्त गरेकी छन्। यस्तै गठबन्धनका तर्फबाट एकिकृत समाजबादीको प्रतिनिधित्व गर्ने शुभद्रा राईले १हजार ५सय ४२मत प्राप्त प्राप्त गरेकी छन्।

केराबारीमा २३ हजार ९सय ९० मतदाता रहेकोमा १७हजार ८सय ८जनाले मत जाहेर गरेका छन्।