केराबारी/ मोरङ्गको केराबारी १०मा नेकपा (एमाले)का उम्मेद्वारहरु प्यानलै निर्वाचित भएका छन्। केराबारी १० मा वडाध्यक्षका उम्मेद्वार पुर्ण मगरसहित प्यानलै निर्वाचित भएका हुन्।

केराबारी १०मा १ हजार ६ सय ५२ मत खस्दा नेकपा एमाले केराबारी गाउँकमिटिका अध्यक्ष समेत रहनुभएका मगर ६सय ३९ मतसहित निर्वाचित भएका छन्। मगरका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका चन्द्र मगरले ५सय ७३मत प्राप्त गरेका छन्। यस्तै माओबादी केन्द्रका वडाध्यक्षका उम्मेद्वारले २सय १८मत प्राप्त गरेका छन्।

यस्तै दलित महिला सदस्य पदमा नेकपा एमालेका तर्फबाट महिला सदस्य ७ सय ६६मत ल्याउँदै बिजयी हुँदा दलित महिला सदस्य ७ सय ४३ मत ल्याएर बिजयी भएकी छन्। यस्तै खुल्ला सदस्यमा ७ सय २९ मत ल्याएर एमालेका उम्मेद्वार बिजयी हुँदा अर्का एमालेकै उम्मेद्वार खुल्ला सदस्यमा ६सय ९५मत ल्याएर निर्वाचित भएका छन्।

यसैगरी नेपाली कांग्रेसको तर्फबाट महिला सदस्य ४सय ९मत ल्याउँदा दलित महिला सदस्यकी उम्मेद्वारले ४सय ३५मत अनि खुल्ला सदस्यमा ४ सय ५ मत अनि अर्का खुल्ला सदस्यले ४सय १० मत ल्याएका छन्। 10 wada

यस्तै माओवादी केन्द्रको तर्फबाट महिला सदस्यले २सय ३५मत ल्याउँदा दलित महिला सदस्यले २सय २८मत अनि खुल्ला सदस्यले २सय ७४ मत र अर्का खुल्ला सदस्यले २ सय ५२मत प्राप्त गरेका छन्।

यस्तै केराबारी १०बाट गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार सुमन मिरिङ्गचिङ्ग मगरले ८ सय ४० मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै अध्यक्षका उम्मेद्वार बनेका रोहित कार्कीले ३ सय २४ मत प्राप्त गरेका छन्। यस्तै माओबादी केन्द्रका तिलक मुरी मगरले ३सय ३९ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेद्वार मनमाया मगरले ७सय ३५मत प्राप्त गरेकी छन्। गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी)को प्रतिनिधित्व गर्दै उपाध्यक्षकी उम्मेद्वार बनेकी शुभद्रा राईले ४सय २ मत प्राप्त गरेकी छन्। यस्तै माओबादी केन्द्रकी इन्दिरा दाहालले २सय १८ मत प्राप्त गरेकी छन्।

केराबारी १र १० नम्बर वडाको गरेर एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार सुमन मगरलाई १हजार ५सय १२ मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनका रोहित कार्कीले ९सय ५० मत र माओबादीका तिलक मुरी मगरले ३सय ५९मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा केराबारी १र १० नम्बर वडाको गरेर एमालेका गाउँपालिका उपाध्यक्षका उम्मेद्वार मनमाया मगरलाई १हजार ३सय ७० मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनका तर्फबाट एकिकृत समाजबादीको प्रतिनिधित्व गर्ने शुभद्रा राईले १हजार ६३मत प्राप्त गर्दा र माओबादीकी इन्दिरा दाहालले २सय ३६मत प्राप्त गरेका छन्।

केराबारीमा २३ हजार ९ सय ९० मतदाता रहेकोमा १७ हजार ७ सय ३५ जनाले मत जाहेर गरेका छन्।