बैशाख २४ गते एमाले अध्यक्ष केपि ओली इटहरी आउने

  • न्युजडेस्क
  • प्रकाशित मिति: बैशाख २१, २०७९

सुनसरी/ चुनावी सरगर्मी उत्कर्षमा पुग्दैगर्दा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इटहरी आउनुहुने भएको छ। एमाले इटहरीको चुनावीसभालाई सम्वोधन गर्न वैशाख २४ गते अध्यक्ष ओली इटहरी आउन लाग्नुभएको हो।

अध्यक्ष ओलीले साथी पेट्रोलपम्प दक्षिण पूर्वमा हुने कार्यक्रमलाई सम्वोधन गर्नुहुने छ। उहाँले सम्बोधन गर्ने कार्यक्रम वैशाख २४ गते विहान साढे १० वजेदेखि कार्यक्रम शुरु हुने एमाले इटहरीले जनाएको छ।

सभामा अध्यक्ष ओलीसँगै एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका प्रभावशाली नेताहरुको समेत उपस्थिति रहने जनाइएको छ। सभामा इटहरीभरबाट २५ हजार बढिको सहभागिता गराउने एमाले इटहरीले लक्ष्य राखेको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved