बराहक्षेत्रमा हाल सबै पार्टीले घरदैलो अभियान गरिरहेका छन् । अन्य पार्टीको तुलनामा एमालेमा युवाको क्रेज निकै नै बढेको देखिन्छ । वास्तविक कारण यस्तो रहेछ, "जहाँ सुरज त्यहाँ युवा" , बराहक्षेत्र-७ निवासी युवा नेता सुरज भण्डारी नेकपा एमालेलेका जिल्ला कमिटी सदस्य हुन् । भण्डारी अहिले आफ्नो वार्डका एमाले नेता होमनाथ निरौलाको प्यानललाई जिताउन निकै नै मेहनतका साथ लागी परेका छन् ।

sv2

मंगलबार बराहक्षेत्र-७ एमालेको टोलि हनुमान झोडा, जङ्गीचौक, शिवालय हुँदै सोमबारे सम्म भोट माग्दा उक्त टोलका जनताले निरौलाको प्यानल लाई बहुमतका साथ जिताउने बताए । युवा नेता भण्डारीले सम्पूर्ण सहभागीको साथमा आफै ले नारा लगाउँदै नाच्दै, सम्पूर्ण जनताको मन जित्दै निरौलाको प्यानल लाई जिताउन लागि परेका हुन् ।

sv3

निरौलाको प्यानलमा सदस्यहरुमा मेघराज राई, धनबहादुर तामाङ , मेनुका लिम्बू र अम्बिका दर्नाल रहेका छन् । जसमा मेघराज राई डिग्री होल्डर उमेदवार हुन् । युवा नेता भण्डारी भन्छन् "बराहक्षेत्र-७ मा एमालेले प्यानल नै जित्छ, यसमा कुनै दुई मत नै छैन।"

sv4