केराबारी/ नेकपा एमाले केराबारी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार सुमन मिरिङ्गचिङ्ग मगरले आँफु गाउँपालिका अध्यक्षमा निर्वाचित भए गाउँपालिकाबाट पाउने सम्पुर्ण सेवा–सुबिधा असहाय एवं दिनदुखीका हितमा खर्च गर्ने प्रतिबद्दता जनाएका छन्। निर्वाचन लक्षित घरदैलोका क्रममा अध्यक्षका उम्मेद्वार मगरले केराबारी ६स्थित तामाङ्ग टोलामा यस्तो प्रतिबद्दता जनाएका हुन्।
शनिबार केराबारी ६स्थित तामाङ्ग टोलमा घरदैलोको क्रममा मगरले स्थानीय सँग कुरा गर्दै आँफुलाई निर्वाचित गरे पालिकाले प्रदान गर्ने सेवा–सुबिधा गरिव असहायको हितमा खर्चिने बताएका छन्। स्थानीयसँग कुरा गर्दै मगरले गाउँपालिकाले अध्यक्षलाई उपलब्ध गराएको गाडी केराबारीका दशैवटा वडामा गरिव अनि असहायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने उद्घोष गरेका छन्।
आफ्नो ठाउँको हितका लागि अष्ट्रेलिया त्यागेर आएको स्मरण गराउँदै मगरले आँफुलाई जिताए, तपाँईहरुले अध्यक्ष खोज्न आउनुनपर्ने भन्दै अध्यक्षले तपाँईहरुलाई खोज्न गाउँ-गाउँ आउने उद्घोष गरेका छन्।
केराबारी मोरङ्ग जिल्लाकै उत्कृष्ट एवं प्रवल सम्भावना भएको गाउँपालिका भएको भन्दै अध्यक्षका उम्मेद्वार मगरले यहाँका प्राकृतिक श्रोतको उचित सदुपयोग गरेर केराबारीलाई देशकै नमुना पालिका बनाउने प्रतिबद्दता जनाएका छन्।
स्थानीयका समस्या सुन्दै अध्यक्षका उम्मेद्वार मगरले केराबारी ६को प्रमुख समस्या खानेपानि अनि सिंचाई भएको भन्दै यसलाई उचित रुपमा सम्बोधन गर्ने प्रतिबद्दता जनाएका छन्। केराबारी ६बासीले बिद्युतीकरण भएपनि बिजुली बत्ति बालेर पनि कुप्पि बाल्नुपर्ने समस्या बताउँदा मगरले बिद्युत प्राधिकरणसँग समन्वय गरेर बिद्युत क्षमता बिस्तार गरिने बताएका छन्।
यसैगरी सुन्दरहरैँचा नगरपालिकाको बाँसबारी देखि केराबारी ६ जोड्ने सडकलाई पनि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर पाँचबर्ष भित्रमा कालोपत्रे गर्ने प्रतिबद्दता जनाएका छन्।
आँफुले आफ्नो ठाउँको सेवाको लागि अष्ट्रेलियाको सेवासुबिधा त्यागेको स्ममरण गराएका अध्यक्षका उम्मेद्वार मगरले गाउँको सेवा गर्नका लागि आँफुलाई र आफ्नो टिमलाई मतदान गरेर निर्वाचित गराउन आग्रह गरेका छन्।
यो पनि : यूवालाई नेतृत्व हस्तान्तरण गर्ने केराबारीबासीलाई सुनौलो मौका
‘सक्षम नेतृत्वको अभाव खड्किरहेको केराबारीमा आम जनताले मागेको नाम हो–सुमन मिरिङचिङ’