नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बराहक्षेत्रको प्रत्येक वडामा स्वयम्‌सेवक विद्यार्थी खटाएको छ । नगर कमिटी अध्यक्ष चित्रमान राईका अनुसार ‘वडा र पालिकामा अखिलको जागरण अभियान, सुशासन र समृद्ध स्थानीय सरकार निर्माणका निम्ति सूर्य चिन्हमा मतदान’ भन्ने उद्घोषका साथ अनेरास्ववियुका सम्पूर्ण कमिटीहरू आ–आफ्नो कार्यक्षेत्रमा आगामी बैशाख ३० गते सम्म स्थानिय तह निर्वाचन सहयोग कमिटीको रुपमा परिचालन भएका छन् ।

stu2

विद्यार्थी नेता सबिन राईले अनेरास्ववियु बराहक्षेत्र निर्वाचन परिचालन कमिटी संयोजकको भुमिका निभाईरहेका छन् । त्यसैगरी अनेरास्ववियु सप्तकोसी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सुरज भट्टराई र सचीव सुजन बस्नेतको कमान्डमा क्याम्पस कमिटी एमालेका उमेदवारहरुलाई जिताउन चुनावमा होमिएको छ ।

stu6

अनेरास्ववियुले चुनाव केन्द्रित कार्यक्रम अन्तर्गत बराहक्षेत्रमा पार्टी, युवा, विद्यार्थी र अन्य भातृ संगठनहरु बीचमा समन्वयकारी भुमिका निर्वाह समेत गरिरहेको छ । विद्यार्थीका आवस्यकताका लागि उमेदवार भेटघाट, टोल टोलमा विद्यार्थी पहिचान, विद्यार्थी परिचालन, निर्वाचन परिचालन कमिटी गठन लगायतका काममा अनेरास्ववियु लागि परेको जिल्ला कमिटी सदस्य सागर मगर ले पूर्वी खबरलाई जानकारी गराए ।

stu3