घनश्याम पौडेल बराहक्षेत्र-६, नेकपा एमालेका वार्ड कमिटी अध्यक्ष हुन् । पार्टीमा आफुले टिकट नपाएकोमा उनले सामाजिक संजाल मार्फत असन्तुष्ट व्यक्त गरि पार्टी त्याग गरेको घोषणा गरेका थिए र उनले स्वतन्त्र रुपमा वडा नम्बर-६ को अध्यक्ष पदमा उमेदवारी समेत दिएका थिए । यति कार्य हुँदा सम्म बराहक्षेत्रका अन्य पार्टीमा निकै खुशीयाली छाएको प्रष्ट देखिएको थियो । अनि सामाजिक संजालका भित्ताहरु पनि रंगिएका थिए । तर उमेदवारी दिएको भोलिपल्ट नै अन्य पार्टीको खुशी लाई पौडेलले टिक्न दिएनन् । उनका अनुसार , आफुले यस्तो गलत निर्णय गर्दा नेकपा एमालेले हार्न सक्ने, अन्य पार्टीहरु खुशी हुने भएको हुँदा पुनः आफनै पार्टीमा फर्किएर उमेदवारी समेत फिर्ता गरेको पौडेलले बताएका छन् ।

gh1

आफ्नो घर आफ्नै हुन्छ भने झै अहिले पौडेल सक्रिय रुपमा नेकपा एमालेको वडा नम्बर-६ का वडा अध्यक्षका उमेदवार समाजसेवी टेकेन्द्र कार्कीका लागि भोट माग्दै घर दैलो अभियानमा सरिक भइरहेका छन् । बिहिवारमात्र पौडेल सम्पूर्ण पार्टी कमिटीका साथमा कोशी पारिमा रहेको चिलैया र श्रीलंका टापुमा भोट माग्न गएका हुन् ।

gh2

पार्टी भित्रका आपसी साना तिना कुरामा अन्य पार्टीले उत्सब नै मनाउनु चाँहि व्यर्थ रहेको एमाले नगर कमिटी अध्यक्ष गजेन्द्र बहादुर थापाले बताउनु भएको छ । घनश्याम पौडेल पार्टीमा पुनः आएपछी वडा-६ मा नेकपा एमालेको जित हुनेमा ढुक्क भएको एमाले नगर कमिटी सचिव राजेन्द्र कार्कीको भनाई छ ।