बिचपानी यूवा क्लबद्वारा आयोजित २ दिने बिचपानी पुरुष नकआउट खुला भलिबल प्रतियोगिता बैशाख ६ र ७ गते सम्पन्न भएको छ । यस प्रतियोगितामा प्रदेश नम्बर १ का ८ वटा क्लबहरु समावेश भएका थिए ।

vb 1

सहभागी क्लबहरुमा उदयपुर भलिबल क्लव उदयपुर, सतिसाले भलिबल टिम मोरङ्ग, धरान भलिबल क्लव धरान, कान्छी चौक भलिबल क्लब कान्छीचौक, रानी क्लव बिराटनगर, बेलबारी क्लब बेलबारी, बुढासुब्बा भलिबल क्लब धरान र आयोजक गरि जम्मा ८ वटा टिम रहेका थिए । फाइनल खेलमा सतिसाले भलिबल क्लव मोरङ र बुढासुब्बा भलिबल क्लव धरान बीच भएको खेलमा बुढासुब्बा भलिबल क्लव विजयी भएको थियो । विजयी टिमले नगद रु. ४०हजार  र दोस्रो हुने टिमले भने २५हजार प्राप्त गरे । 

vb 3

प्रथम पुरस्कार प्रायोजन स्थानिय व्यवसायी  थिर बहादुर कार्कीले गर्नु भएको थियो भने दोस्रो पुरस्कार बराहक्षेत्र ३ नं. वडाध्यक्ष रुद्र बहादुर दाहालले प्रायोजन गर्नु भएको थियो । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रदेश नं. १ भरिका खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि यो प्रतियोगिता गरिएको क्लबका सचिव तथा कार्यक्रम संयोजक मनोज राईले बताएका छन् ।