सुनसरीको बराहक्षेत्र-७मा रहेको महेन्द्र मा.वि.तित्रीगाछीका विद्यार्थीहरुको समूह Education students council MMV ले आयोजना गरेको "Kids Run under-15" ३ किलोमीटर दौड प्रतियोगितामा महेन्द्र मा.वि. चक्रघट्टीका विद्यार्थी सागर साहले निर्धारित दुरी ११ मिनेट ५३ सेकेण्डमा पार गर्दै बिजेता बनेका छन् । त्यसैगरी निर्धारित दुरी १२ मिनेट ६ सेकेण्डमा पार गर्दै बसन्तऋतु मा.वि.का राजन बि.क. द्वितीय र १२ मिनेट ३२ सेकेण्डमा पार गर्दै जलदेवी आधारभूत विद्यालय बराहक्षेत्र-२ का आदर्श राई तृतीय भएका छन् । बसन्तऋतु मा.वि.कै संकेत बि.क. चौथो र महेन्द्र मा.वि. तित्रीगाछिका कोसिस राई पाँचौ भई सान्त्वना पुरस्कारमा चित्त बुझाएका छन् ।

run 2

विद्यार्थी समूहका अध्यक्ष सुदिप कार्कीको अध्यक्षता र बराहक्षेत्र न.पा.वडा नम्बर-७ का वडाध्यक्ष वीरबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर खेलकुद बिकास समिति संयोजक आशाराम चौधरी, सोही विद्यालयका प्र.अ. फिरोज घिमिरे, समाजसेवीहरु पर्शुराम आचार्य, होमनाथ निरौला, कपिल आचार्य , रमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

run 3

कार्यक्रममा नगर खेलकुद बिकास समिति , बराहक्षेत्र-७ नम्बर वडा कार्यालय र महेन्द्र मा.वि. तित्रीगाछिको विशेष सहयोग रहेको र समाजसेवीहरु कपिल आचार्य , होमनाथ निरौला, धनबहादुर तामाङ, सुकमाया लिम्बू, रत्न कार्की, शिशिर चौलागाईँ, मेनुका लिम्बू, अम्बिका दर्नाल लगायतको आर्थिक सहयोगमा कार्यक्रम गर्न सफल भएको विद्यार्थी समूहका सचिब सुर्य तामाङले बताएका छन् ।

run 4

कार्यक्रममा प्रमुख अतिथि लिम्बूले विद्यार्थीहरुले यस्ता कार्यक्रम आयोजना गरेकोमा आफु निकै नै खुशी भएको बताउनु भयो । कार्यक्रममा प्रथम पुरस्कार नगद रु.३ हजार मेडल र प्रमाणपत्र , द्वितीय, तृतीय , चौथो र पाँचौलाई क्रमश: २हजार, १हजार,५/५ सय र मेडल र प्रमाणपत्र रहेको थियो । प्रतियोगितामा ११ वटा विद्यालयका १०० जना प्रतिस्पर्धीहरु रहेका थिए ।

run 5