मिस्टर नेपाल २०२२ को उपाधि जित्न सफल नुतन श्रेष्ठलाई विश्व आर्दश कलेजले सम्मान गरेको छ । विराटचौक मोरङ घर भएका श्रेष्ठ विश्व आर्दश कलेजको एमबिएस तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी हुन । उनलाई आज कलेजमा एक कार्यक्रमकाबिच सम्मान गरिएको थियो । कलेजका अध्यक्ष लेखनाथ घिमिरे र प्रिन्सिपल गणेश दुलालले खादा मला ओडाएर सम्मान गर्नुभयो ।

नेपालभरका पुरुषहरूको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल जस्तो उपाधि जित्न सफल श्रेष्ठले कलेजको नाम र ठाँउको इज्जत बढाएको भन्दै उनलाई सम्मान गरिएको हो । साथै उनलाई हुन गइरहेको मिस्टर वल्डमा सहभागी हुन नेपालको प्रतिनिधित्व गदै पोल्याण्ड प्रस्थानको लागि बिदाई समेत गरिएको थियो ।