मोरङ्गको सुन्दरहरौँचा ७ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले यसै शैक्षिक शत्रदेखी अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गर्ने भएको छ । विगत ५८ वर्षको लामो इतिहास बोकेको विद्यालयले अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गर्ने भएको हो । हालै प्ले ग्रुप देखी कक्षा ६ सम्म सञ्चालन गर्ने र आगामी शैक्षिक सत्रमा अन्य कक्षाहरुमा पनी अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गर्ने विद्यालयको लक्ष्य रहेको विद्यालयका प्रधानध्यापक खगेन्द्र रायमाझीले जानकारी दिनुभयो ।

विद्यालयले विद्यार्थीको लागी दिवा खाजाको ब्यवस्था गर्नुका साथै, प्रविधि मैत्री कक्षाहरु पनि सञ्चालन गदै आइरहेको छ । स्थानीय बासी, पूर्व विद्यार्थीसमाजसेवी सबै एकजुट भएर विद्यालयले यतिबेला घरदैलो कार्यक्रम गरी घरघरमै गएर विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको छ । सरकारी विद्यालय भन्ने बितीकै विद्यार्थी र अभिभावकले खोट लगाउने गरेको अवस्थामा यो विद्यालयमा भने विद्यार्थीहरूको चाप बढ्दै गएको पुर्व विद्यार्थीहरूले बताएका छन् ।  

विद्यालय प्रशासनले अभिभावकहरूलाई निर्धक्क भएर आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गर्न समेत आग्रह गरेको छ ।