केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका ७ मा स्वास्थ्य र शिक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ। नेप्ली मिडिया प्रा.लि.इटहरीको आयोजना अनि केराबारी गाउँपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

बैशाख ४ र ५ गते सञ्चालन गरिएको कार्यक्रममा चारजना प्रशिक्षकले शिक्षा र स्वास्थ्य सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो। बैशाक ४ गतेको प्रशिक्षणमा प्रशिक्षक शोभा चौलागाँईले समुदायमा शिक्षाको महत्व, शिक्षाको अवस्था, सामुदायीक बिद्यालयहरुको स्तर सुधारका उपायहरु, अभिभावकले ध्यान दिनुपर्ने कुराहरु, छात्रवृत्ति र अन्य बिषयवस्तुहरु अनि लैङ्गिक शिक्षा आदिका बिषयमा प्रशिक्षण गर्नुभएको थियो।

IMG_4268
प्रशिक्षक शोभा बजगाँई प्रशिक्षणको क्रममा, तस्विर:पूर्वीखबर

५०जना सहभागी भएको चेतनामुलक कार्यक्रममा दोश्रो दिन अर्थात ५ गते तीनजना प्रशिक्षकले प्रशिक्षण गर्नुभएको थियो। दोश्रो दिनको शुरुमा केराबारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन घिमिरेले गाउँपालिकाले सामुदायीक बिद्यालयहरुको बिकासमा गरेको कामहरु बारे जानकारी प्रदान गर्नुभयो।

IMG_4274
प्रशिक्षकको रुपमा केराबारी गाउँपालिकाका शिक्षा अधिकृत अर्जुन घिमिरे प्रशिक्षणको क्रममा, तस्विर पूर्वीखबर

घिमिरेले निम्नवर्गका परिवारका छोराछोरीहरुलाई दिइरहेको सेवा सुविधा, छुट, छात्रवृत्ती आदिबारे जानकारी दिनुभएको थियो। यस्तै घिमिरेले सहभागिहरुबाट शिक्षा र बिद्यालयको बारेमा फिडब्याक लिने, गुनासो सुनेर ती गुनासोहरुलाई सम्बोधन गर्नुभयो।

यसैगरी कार्यक्रमको दोश्रो दिनकै दोश्रो सेसनमा इलाका प्रहरी कार्यालय केराबारीमा कार्यरत प्रहरी हवल्दार रेवती दाहालले समुदायमा लागुऔषधको बढ्दो प्रयोग, लागुऔषधको प्रयोगले प्रयोगकर्ताको स्वास्थ्यमा पारिरहेको असर र नियन्त्रणका उपाय बिषयमा प्रशिक्षण दिनुभयो।

IMG_4281
प्रशिक्षणको क्रममा इ.प्र.का.केराबारीमा कार्यरत प्रहरी हवल्दार रेवती दाहाल, तस्विर पूर्वीखबर

यस्तै कार्यक्रमको तेश्रो सेसनमा इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख रामकुमार धमलाले स्वास्थ्यको क्षेत्रमा स्थानीय निकायले गर्ने लगानी र स्थानीयहरुले लिनसक्ने लाभहरु, सर्वसाधारणको स्वास्थ्यसम्बन्धि अधिकार र प्राप्ती गर्ने तरिकाहरु, स्वास्थ्य बिगार्नमा हामीले गर्ने गल्तीहरु अनि स्वास्थ्य बिमालगायत स्वास्थ्यसम्बन्धि जान्नैपर्ने बिषयहरुबारे प्रशिक्षण दिनुका साथै सहभागिहरुको प्रश्नको उत्तर दिनुभयो।

IMG_4283
प्रशिक्षणको क्रममा इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख रामकुमार धमला, तस्विर:पूर्वीखबर

यसका साथै कार्यक्रम अन्तरगत स्थानीयबासीका बीच शिक्षा र स्वास्थ्यका बिषयमा सर्वेक्षण समेत गरिएको छ। सर्वेक्षणमा सहभागीहरुले सामुदायीक बिद्यालयहरुमा भन्दा निजी बिद्यालयमा आर्कषण रहेको भन्दै सामुदायीक बिद्यालयका शिक्षक शिक्षिका सेवा गर्न नभएर जागिर खान मात्र बिद्यालय जाने गरेको बताएका छन्। उनिहरुले स्वास्थ्यमा पनि पहुँच नभएको भन्दै सरकारी स्वास्थ्य सँस्थामा भन्दा निजी स्वास्थ्य सँस्थामा छिटो अनि छरितो सेवा पाईने भन्दै आँफुहरु सरकारी स्वास्थ्य सँस्था भन्दा निजी स्वास्थ्य सँस्था तर्फै जाने गरेको बताएका थिए।

प्रशिक्षणमा केराबारी ७ का वडाध्यक्ष नारायण चेम्जोङ्ग आफ्ना भनाई राख्दै,तस्विर:पूर्वीखबर
 
कार्यक्रम उद्घाटनका क्रममा केराबारी ७ का वडाध्यक्ष नारायण चेम्जोङ्ग, वडा सदस्य बिमला चेम्जोङ्ग, स्थानीय अगुवा पुण्डरी सुवेदीलगायतले बोल्नुभयो।