सुनसरी/ सङ्कल्प युवा क्लबद्वारा आयोजित अजय-विजय स्मृति फुटबल कपको दोस्रो खेलमा एकता टोलले जित निकालेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ५ रक्तमाला प्राविको खेल मैदानमा भएको अन्तर टोल स्तरीय फुटबल प्रतियोगितामा सगंम टोललाई २–१ गोल अन्तरले पराजित गर्दै एकता टोलले दोस्रो राउन्डमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एकता टोललाई जित दिलाउन जर्सी नम्बर २१ का टिम क्याप्टेन विशाल श्रेष्ठले खेलको पहिलो हाल्फको १६ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए  । खेलको दोस्रो हाल्फको  ७ मिनेटमा एकता टोलकै जर्सी नम्बर ८ का अभिषेक राईले गोल गरे । त्यस्तै दोस्रो हाल्फको २० औ मिनेटमा संगम टोलको तर्फबाट जर्सी नम्बर २० का खेलाडी रविन थापा मगरले १ गोल फर्काए । 

खेलको म्यान अफ द म्याचमा एकता टोलका क्याप्टेन विशाल श्रेष्ठ चुनिए उनले नगद १ हजार सहित मेडल र प्रमाण पत्र हात पारे । बुधबार हुने खेलमा मितेरी टोल र तुलसा टोल बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार १ सय १ पाउने छन भने दोस्रो हुनेले २० हजार १ सय १ हात पार्ने छन् ।