सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि मैत्री बनाउँदै मोबाइल बैकिङ्ग सेवा सुरु गरेको छ । मोरङको लेटाङमा शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेका एक कार्यक्रममा मोबाइल बैकिङ्ग सेवा शुरु गरिएको हो ।

सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले शुभलाभ बचत तथा ऋण सहकारीले मोबाइल बैकिङ्ग सेवा प्रदायक कम्पनी एम बैँक टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँ  र सहकारी क्षेत्रकै प्रतिष्ठित सफ्टवेयर निर्माण कम्पनी प्रेमिम टेक्नोलोजी प्रालि काठमाडौँसँगको सहकार्यमा मोबाइल बैकिङ्ग सेवा सुरु गरेको जनाएको छ । मोबाइल वैकिङ्ग सेवाबाट बैकबाट सहकारीमा रकम ट्रान्सफर गर्न सकिने सहकारीबाट बैकमा रकम ट्रान्सफर गर्न सकिने खल्ती , इसेवा, प्रभु पे ,क्युआर ,विद्युत महशुल भुक्तानी ,हवाई टिकट बुकिङ्ग गर्न सकिने सो अवसरमा सहकारीका उपाध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीको नयाँ कार्यसमितिको पदस्थापना समेत गरिएको थियो । हालै सम्पन्न भएको सहकारीको साधारण सभाले दीपक पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा दीपक थापा रहनुभएको छ । सदस्यहरूमा स्वागत श्रेष्ठ ,उमानाथ दाहाल ,रूपनारायण भट्टराई , पवित्रा कुमारी घिमिरे निरौला र पवित्रा शर्मा घिमिरे चयन हुनुभएको थियो । त्यसै गरी सहकारीको आयोजनामा दुई दिने योग शिविर तथा क्षमता अभिवृद्ध कार्यक्रम गरिएको थियो । योग प्रशिक्षक गङ्गा ढकालले सहकारीका पदाधिकारीहरूलाई योग प्रशिक्षण दिनुभएको थियो । साथै सामाजिक जीवन जिउने विषयमा भेषराज न्यौपानेको सहजिकरण गदै मोटिभेसन तालिम समेत आयोजना गरिएको थियो ।