इटहरीको सबैभन्दा पुरानो निजी लगानीमा सञ्चालित सामुदायिक अस्पतालले अत्याधुनिक सेवा थप गरेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरि आफ्नो सेवा बिस्तार गरेको जानकारी दिएको छ । अस्पतालले २४ सै घण्टा आकस्मिक हाडजोर्नी, नशा तथा प्रसुती सम्बन्धी सेवा बिस्तार गरेको हो ।  

फार्मेसीका रुपमा सेवा दिदै अहिले १५ बेडको सुविधा सम्पन्न अस्पतालको रुपमा यसले हलगडाबाट आफ्नो सेवा दिइरहेको छ । यस अस्पतालमा सबै प्रकारका जाँचका लागी प्रयोगशालाको समेत सुविधा रहेको छ । अस्पतालमा सदा झै हरेक शुक्रवार र शनिवार बिहानै देखि विशेषज्ञहरूको थप सेवा लिन सकिने सामुदायिक अस्पतालका अध्यक्ष टकंप्रसाद दुलालले जानकारी दिनुभयो ।

बाल रोग सम्बन्धी आकस्मिक सेवा, रेडियोलोजी सम्बन्धी सेवा, नाक, कान, घाटी सम्बन्धी सेवा, मानसिक रोग सम्बन्धी सेवाहरू यस अस्पतालले प्रदान गरिरहेको छ ।  अस्पतालले आफ्नै एम्बुलेन्स सेवा पनि प्रदान गरिरहेको साथै दुखी गरिबलाई सहुलियत उपचार गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।