इटहरी/ सुनसरीको इटहरी ८ स्थित कञ्चनजंगा बोर्डिङ्ग स्कुलको नवनिर्मित भवनको प्रदेश नम्बर १का स्वास्थ्यमन्त्री जयराम यादवले उद्घाटन गर्नुभएको छ। मन्त्री यादवले स्कुलको १३औँ बार्षिक उत्सवको अवसर पारेर भवनको उद्घाटन गर्नुभएको हो।

बुधबार स्कुल प्रांगणमा भएको १३औँ बार्षिक उत्सव कार्यक्रममा प्रदेश नम्बर १का स्वास्थ्यमन्त्री जयराम यादवले शिलालेख अनावरण गरेर भवनको उद्घाटन गर्नुभएको थियो। oneone

१३औँ बार्षिक उत्सव कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले शन्देशमुलक नाटक, गायन, नृत्य जस्ता आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेको स्कुलका प्रिन्सिपल हरि आचार्यले बताउनुभयो। कार्यक्रममा स्कुलका नृत्य प्रशिक्षक समेत रहेको गायक तुलसी घिमिरेले गित गाउँदा अभिभावकहरु स्टेजसम्मै आएर नृत्य गर्दा माहौल उल्लासमय बनेको थियो।

कार्यक्रममा स्कुलका प्रिन्सिपल हरि आचार्यले स्कुलका आगामी योजनाहरुका बारेमा बोल्नुभएको थियो। कार्यक्रममा प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन, एनप्याब्सनका सुनसरी अध्यक्ष नारायण सञ्जेललगायतले बोल्नुभयो। ud

एसइइमा हाल सम्म उत्कृष्ट नतिजा निकाल्दै आएको कञ्चनजंगा बोर्डिङ्ग स्कुलले हालसम्म नौवटा एसइइमा सहभागिता जनाएको र नौवटै ब्याजमा सबैजना ए प्लससहित प्रथम श्रेणीमा उत्तिर्ण गरेको प्रिन्सिपल आचार्यले बताउनुभयो। यस्तै कञ्चनजंगा बोर्डिङ्ग स्कुलले २०७५सालको ब्याचमा भने सुनसरी जिल्लामा दोश्रो उत्कृष्ट नतिजा निकालेको थियो। ele 1