सुनसरी/ सुनसरी सदरमुकाम इनरुवामा संगीतपत्रकारिता क्षेत्रमा योगदान पुर्‍याए वापत दुईजनालाई सम्मान गरिएको छ। सावित्री–गोपाल स्मृति ट्रष्टको ११ औ स्मृति दिवसका अवसरमा संगीतकार तथा गायक रवि रिमाल र पत्रकार किशोरकुमार कार्कीलाई सम्मान गरिएको हो।

सावित्री–गोपाल स्मृति ट्रष्टका अध्यक्ष रोशन भट्टराईका अनुसार ‘चरि उड्यो बादल छुनलाई’ जस्ता चर्चित बोलका गीतसमेत गाएका संगीतकार गायक रवि रिमालले संगीत क्षेत्रमा पुर्‍याएको योगदान र पूर्वक्षेत्रमा पत्रकारितामा ब्लास्ट दैनिक पत्रिका प्रकाशन गरेर सूचनाका क्षेत्रमा दिएको योगदान स्वरुप किशोरकुमार कार्कीलाई सम्मान गरिएको हो।

सम्मानित दुवैजनालाई सावित्री–गोपाल स्मृती ट्रष्टले स्थापना गरेको पुरस्कारको राशि १०हजारसमेत हस्तान्तरण गरिएको थियो। सम्मान कार्यक्रममा प्राध्यापक डाक्टर टंक न्यौपाने, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, नेकपा एमालेका अध्यक्ष रेवतीरमण भण्डारी, किशोरकुमार कार्की, साहित्यकार कुन्ता शर्मा, सरोज पोखरेल पुरुषोत्तम घिमिरे विदुर सुवेदी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।