बराहक्षेत्र / बराहक्षेत्र-७ मा रहेको मर्निङ स्टार ईङ्गलिस स्कुलले Geo science & Planetarium संस्थाको प्राबिधिक सहयोगमा आफ्ना विद्यार्थीहरु लाई भु-तथा अन्तरीक्ष बिज्ञान सम्बन्धि भिडियो प्रदर्शनी गरेको छ । साथै ५ वटा छिमेकी सामुदायिक विद्यालयका २०० जना विद्यार्थीहरुलाई भने नि:शुल्क भिडियो देखाइएको मर्निङ स्टार स्कुलका फादर सुधिर खाल्खोले बताउनु भएको छ । शनिबार १० बजे देखि शुरु गरिएको प्रदर्शनीमा बसन्तऋतु मा.बि., महेन्द्र मा.बि. तित्रीगाछी , महेन्द्र मा.बि. चक्रघट्टी , कोशी मा.बि. र भानु आ.बि. का २०० जना विद्यार्थी सहभागी भएको युवा शिक्षक मीन बहादुर खड्का (बिशाल) ले बताउनु भएको छ ।

शिक्षा सिक्ने कुराबाट कोहि पनि बन्चित नहुन् भनी अन्य विद्यालयलाई पनि समेटिएको शिक्षक आकाश जङ्ग थापाको भनाई छ । भिडियो हेरेर निस्किएका विद्यार्थी कृशल आचार्यका अनुसार , साच्चै नै निकै रमाइलो तरिकाले बिज्ञानका कुरा सिक्न पाइएको र भिडियो हेर्दा आफू नै अन्तरीक्षमा गएको भान भएको बताएका छन् । Geo science & Planetarium का संचालक प्रेम बिश्वकर्माका अनुसार नेपाल भरी नै  VR  अर्थात virtual reality प्रबिधिबाट VR चस्माको प्रयोग गरि भिडियो देखाउने गरेको र आजको बिज्ञान भोलीको प्रबिधि हुने भएकाले इच्छुक सबैले सम्पर्क गर्नुहुन समेत अनुरोध गर्नु भएको छ ।