इटहरी/ सुनसरीको इटहरी ४ मा अवस्थित पाथिभरा माध्यामिक बिद्यालयले सञ्चालन गरेको खेलकुद सप्ताहमा बिजयी भएका छात्रछात्रालाई सोमबार पुरस्कृत गरेको छ। बिद्यालयले फागुन १५देखि २२ गते सम्म खेलकुद सप्ताह सञ्चालन गरेको हो। IMG_3817

स्कुलले मन्टेश्वरी तहमा फायर अन माउन्टेन, साईमन सेईज, पुल आउट द टेल, हट पोट्याटो, हिसाव दौड, चक्लेट दौड, मार्वल रेसलगायतका १२वटा बिभिन्न खेलहरु खेलाएको थियो। जसमा कक्षा १ सम्मका बिभिन्न बिद्यार्थीले सहभागिता जनाएका थिए। मन्टेश्वरी तहबाट बिभिन्न खेलमा बिजेता बनेकाहरुलाई २सय जना मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको छ। IMG_3851

यस्तै प्राथमिक तहमा फुटबल, १००मिटर, २००मिटर दौड, हिसाव दौड, चक्लेट दौड, बिस्कुट दौड, गुच्चा दौडसहित १२वटा बिभिन्न खेलहरु खेलाईएको थियो। यि खेलहरुमा बिजेता बनेकाहरुलाई २ सय ५०वटा मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको छ।

यसैगरी निम्न माध्यामिक तहमा फुटबल, ब्याडमिन्टन, टेबल टेनिस, बिभिन्न दौडहरुसहित १५ वटा खेलहरु खेलाईएको थियो। जसमा बिजेता बनेका छात्रछात्रालाई २सय ७५वटा मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको छ। IMG_3900

त्यसैगरी माध्यामिक तहमा अध्ययनरत बिद्यार्थीलाई फुटबल, ज्याब्लिङ थ्रो, ब्याडमिन्टन, टेबल टेनिस, बिभिन्न दौडहरुसहित १५वटा खेलहरु खेलाईएको थियो। ति खेलहरुमा बिजेता बनेका छात्रछात्रालाई २सय ७५वटा मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको छ।

यस्तै बिद्यालयले प्राथमिक तह, निम्न माध्यामिक तह र माध्यामिक तहको छुट्टाछुट्टै फुटबल प्रतियोगिता पनि गरेको छ। फुटबल प्रतियोगितामा बिजयी एवं उपबिजयी बनेकाहरुलाई प्रमाण पत्र र ट्रफि प्रदान गरिएको थियो। सबै प्रतियोगितामा बिजयी बनेकाहरुलाई स्कुलका बिभिन्न शिक्षक शिक्षिका, बिद्यालयका प्रिन्सिपल गोपाल श्रेष्ठ, स्कुलका अध्यक्ष टिकाराम पुरीले प्रमाण पत्र र ट्रफि प्रदान गर्नुभएको थियो। IMG_3943

पछिल्लो समयमा इटहरीमा शिक्षा क्षेत्रमा आँफुलाई अब्बल ठहर्‍याउँदै अघि बढेको बिद्यालयले उत्कृष्ट शिक्षासँगै अतिरिक्त कृयाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ।

छात्रछात्रालाई उचित शिक्षासँगै आवश्यक वातावरण पनि दिनुपर्ने मान्यता राख्ने पाथिभरा स्कुलमा पछिल्ला बर्षहरुमा बिराटनगरको एभरेष्ट स्कुलले ब्यवस्थापन हेर्दै आएको छ। IMG_3938

अन्य बिद्यालयमा खेलकुद स्कुल मात्रै लिने तर खेलकुदलाई खासै प्राथमिकता नदिने ज्वलन्त उदाहरणलाई चिर्दै पाथिभरा स्कुलले एक सातासम्म खेलकुद सप्ताह नै सञ्चालन गरेर बिद्यार्थीलाई चौतर्फी ज्ञान प्रदान गरेको छ।

कोरोना कालमा पनि आँफुलाई फरक रुपमा उभ्याउँदै पाथिभरा स्कुलले छुट्टै एप्लिकेशन तयार गरेर अनलाईन कक्षामार्फत उत्कृष्ट शिक्षा प्रदान गरेको थियो। बिद्यालयले बिद्यार्थीलाई वर्कसिटमार्फत पनि सँधै अभ्यासरत बनाएको थियो।