काठमाण्डौ/ कलाकार जयनन्द लामाको निधन भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाको बुधबार निधन भएको हो।

छ्या छ्या छ्या भन्ने थेगोका कारण पनि अभिनयमा अझ चिनिएका लामा गायक पनि हुन्। थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

लामाले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
थप जानकारी अर्को समाचारमा...