इटहरी/ प्रायः सँधैजसो बिवादमा परिरहने आँफुलाई इन्टरटेनर बताउने दुर्गेश थापाको पछिल्लो गित पनि बिवादित बनेको छ। थापाले शुक्रबार सार्वजनिक गरेको पैसा बोलको गित बिवादित बनेको हो।

शुक्रबार यु–ट्युवमार्फत सार्वजनिक गरिएको पैसा बोलको गितले नारीको इज्जतमा हवाला दिएको भन्दै महिला अधिकारवादीहरुले आपत्ति जनाएका हुन्। उनिहरुले दुर्गेसलाई कारबाहिको माग पनि गरेका छन्।

साया किरण सामाजिक सञ्जाल फेसबुकमा थापाको तस्विर पोष्ट गर्दै लेख्छिन : ‘नारीलाई पैसासङ्ग तुलना गर्ने यो को हो ? अझै आफूलाई आफैंले नारीवादी घोषणा गर्नेहरु त्यहीँ रमाउँदै छन्, छिछिछि !! कलाकार भनेको के थाहा यो अभद्र, अश्लील मान्छेलाई ? यस्ता कलाकार भनाउँदालाई अझै वाह वाह गर्नेहरु कुन दर्जाका मान्छे हुन् ??यसलाई जहाँ भेटिन्छ, त्यही दनक दिनुपर्छ । परेको बेहोर्न तयार !!’ Durges Thapa

यस्तै महिला अधिकार वादि साबित्री सुवेदी साया किरणको पोष्ट शेयर गर्दै लेख्छिन ‘नारीलाई पैसासँग तुलना गर्ने यो गन्हाउने–बोकालाई तुरुन्तै कार्वाही गर ! महिला हिंसा अन्त्य गर !!’ sabitri ko

साया किरण र साबित्रीको पोष्टमा मिश्रीत प्रतिकृया आएका छन्। कसैले गित बन्द गर्नुपर्ने आवाज उठाएका छन् भने कसैले गित समय सान्दर्भिक भन्दै गितको समर्थन गरेका छन्।

साबित्री सुवेदीको पोष्टमा खतिवडा योगेन्द्र लेख्छन् ‘दुर्गेस थापाको यो गित समय सान्दर्भिक देखियो, आज तारे होटेटमा गएर हेर जय नारी लेख्ने तिम्रो आफ्नो नाम बिनाकी नारी ज्यु यहाँ भिडियोमा जे देखायो दुर्गेसले गाएको यो गित भन्दा भयानक दुर्गन्ध छ त्यहाँ, खै मैले त नारीलाई अपमान गरेको केही देखिन भिडियोमा ! बरु तिमिहरुले अव बार्गेनिङ गरेर दुर्गेसलाई निसाना बनाउने र कमाएर चुल्हो बाल्ने प्रपञ्च रच्न सक्छौ भन्ने गेस चैं गरे । तिम्म्रो स्ट्याटसको क्याप्सन हेर्दा !

बेकार के समाजसेवा र नारीको गित गाउँछौँ यस्ता शब्द मा ! बरु तिम्रो यस्तो दम्भ भन्दा दुर्गेस थापाले गितमा प्रयोग गरेको एउटा मात्रै शब्द ..जि सुन्दर लाग्यो किनकी अर्को शब्द ठोक यो त आम चलन नै भै सक्यो सानो उदाहरण : काङ्ग्रेस कम्युनिष्टका पिछडुवा र तिमी जस्ता अधिकारकर्मी नामका देशका कलङ्कहरुले आफुलाई अफ्ठेरो पर्ने बित्तिकै भद्रता हैन गुण्डा प्रयोग गरि युनिभर्सिटी, कलेज, बिद्यालय, सभा सम्मेलन सेमिनार गोष्टी जहाँ भएनी आफ्नो मत कमजोर भए यहि ठोक शब्द प्रयोग गरि काटमार र हुल्दुङ्गा मच्चाउछौ हैन र ? तिमी आफै असली नारीको पहिचान भुली भ्रुण भाडामा लिएर सन्तान जन्माउने र पेटिकोट मात्रै लगाई सार्बजानिक ठाँउमा अन्तरवार्ता दिने र नारा लगाउने नारी चैं सभ्य नारीलाई अबहेलना नगर्ने भयौ जाबो झल्लु गित गाउने एउटा पागल कलाकार चैं नारीलाई अबहेलना गर्दै गरेको देखेउ ?? छिछी तिम्रो सोच !’ yogendra

तपाँईपनि हेर्नुहोस थापाको यो गित :


गित हेरिसकेपछि प्रतिकृया जनाउनुहोला।