इटहरी/ किराँत कला केन्द्र इटहरीले सोमबार इटहरीमा मास्क बितरण गरेको छ। केन्द्रले इलाका प्रहरी कार्यालय इटहरीसँग सहकार्य गरेर मास्क बितरण गरेको हो।

केन्द्रका सँस्थापक अध्यक्ष कुशल किराँतीको नेतृत्व एवं संस्थाका सचिव तेजनारायण चौधरीको संयोजकत्वमा इटहरीको मुख्य चौक आसपासमा मास्क बिवरण गरेको अध्यक्ष किराँतीले पूर्वीखबरलाई बताउनुभयो।

हाल समुदायमा ब्यापक रुपमा कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेकोले समुदायमा सचेतना बढाउने उद्देश्यले मास्क बितरण गरिएको किराँतीको भनाई छ।

किराँतीले इलाका प्रहरी कार्यलय इटहरीसँगको सहकार्यमा करिव २हजार मास्क बितरण गरिएको बताउनुभयो।