केराबारीको जंगलमा भेटियो पुरुषको शव

  • न्युजडेस्क
  • प्रकाशित मिति: माघ ९, २०७८

केराबारी/ मोरङ्गको केराबारीमा एक पुरुषको शव भेटिएको छ। स्थानीय हजारबिघा सामुदायीक बनमा शव फेला परेको हो।

स्थानीय हजारबिघा सामुदायीक बनमा शव फेला परेको जानकारी दिँदै प्रहरीले शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको जनाएको छ।

यसैबीच भेटिएको शव केराबारी ८ स्थित हजारबिघाका २६ बर्षीय बाबुराम भट्टराईको रहेको प्रहरीले जनाएको छ। भट्टराई गत पौष २७ गते देखि बेपत्ता भएका थिए।

शव सडेको अवस्थामा रहेको पाईएपछि पहिचानमा समस्या भएको थियो। परिवारका सदस्यले मृतकले लगाएको कपडाका आधारमा पहिचान गरेको प्रहरीले जनाएको छ।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved