उर्लाबारी (मोरङ्ग)/ आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्वर १ बाट नेकपा एमालेले पार्टीका स्थायी कमिटि सदस्य गुरु प्रसाद बराललाई खुल्ला तर्फको उमेद्धवार बनाएको छ। बिगतमा नेकपा एमालकै तीनजना सदस्य रहेको राष्ट्रियसभाको रिक्त खुल्लातर्फ गुरुप्रसाद बराल, अल्पसंख्यक तर्फ सोनाम गेल्जेन शेर्पा र महिला तर्फ सुमित्रा भण्डारी नेकपा एमालेका उमेद्धवारहरु हुनुहुन्छ।

को हुन गुरु प्रसाद बराल ?
त्याग, इमान्दारिता, लगनशीलता र निष्ठाको पर्यायको रुपमा गुरुप्रसाद बराललाई लिने गरिन्छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५०बर्षदेखि अनवरत रुपमा सकृय बराल अहिले नेकपा एमालेको स्थायी कमिटि सदस्य हुनुहुन्छ। नेता बराल बिकास राजनीतिमा बिशेष दख्खल राख्नुहुन्छ । बिकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर कृयाशिल रहनुभएको छ।

उहाँकै नेतृत्वमा मदन भण्डारी स्मृति प्रतिष्ठान सञ्चालित छ। प्रतिष्ठान ब्यवसायिक दक्ष ब्यक्तिहरु उत्पादन गर्ने अब्बल थलोका रुपमा परिचित छ। प्रतिष्ठानले निम्म, मध्यम र उच्च स्तरको प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ। पैसाका अभावमा कोही बिपन्न बर्गका जेहेन्दार बिद्यार्थीहरु बञ्चित हुनु नपरोस भनेर प्रतिष्ठानले आउ पढ कमाउ तिर भन्ने शैक्षिक उपहार कार्यक्रम सञ्चालन गरेको छ। नेता बरालकै अवधारणामा सञ्चालित यो कार्यक्रमबाट सयौ बिपन्न बर्गका बिद्यार्थीले प्राविधिक शिक्षा हासिल गरि ब्यवसायिक बनेका छन्।

यो कार्यक्रममा बिपन्न बर्गका बिद्यार्थीलाई प्रतिष्ठानले उपहार प्रदान गर्छ, पढिसकेपछि रोजगार बनाउछ त्यसपछि उपहार अन्य बिपन्न बर्गका बिद्यार्थीलाई प्रदान गर्नुपर्छ। त्यो पैसाले अन्य बिपन्न बर्गका बिद्यार्थीले त्यसैगरि अध्ययन गर्छन्।

उहाँ राजनीतिमार्फत जनताको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रुपान्तरणको पक्षपाति हुनुहुन्छ । जनसंख्यालाई जनशक्तिमा रुपान्तरण नगरि गरीवि निवारण गर्न नसकिने भनाईका कट्टर पक्षपाति बराल शैक्षिक सुधार अभियानमा अभियन्ता हुनुहुन्छ। उहाँले शिक्षा प्रणाली सुधारको अभ्यासलाई देशका बिभिन्न भागमा सफल कार्यावन्यन समेत गराइसक्नुभएको छ। शिक्षा क्षेत्रलाई प्राविधिक धार तर्फ अघि बढाउन उहाँको नेतृत्वमा दर्जनौ सामुदायिक बिद्यालयहरुमा सफल अभ्यास भएका छन्। आफ्ना ब्यक्तिगत स्वार्थलाई तीलाञ्जली दिएर देश र जनताको हीतमा अहोरात्र लागिरहनुहुने नेता बराललाई राष्ट्रियसभा सदस्य बनाएर उहाँका भीजनलाई नीतिगत तहमा पुर्याउन जरुरी रहेकोमा एमालेमा मात्र होइन अन्य पार्टीमा समेतचर्चा हुने गरेको पाइन्छ।

राष्ट्रियसभामा गुरु बराल नै किन ?
राष्ट्रियसभा नेपालको संघीय संसदको माथिल्लो सदन हो। राष्ट्रियसभा संघीय ब्यवस्थाको गहना हो। राष्ट्रियसभा बिधि निर्माणका लागि नीतिगत छलफल गर्ने माथिल्लोसभा हो। बिधेयकमा सघन छलफलको आवश्यकता हुन्छ। राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका ब्यक्तिहरुको राष्ट्रियसभामा उपस्थितिको परिकल्पना गरिएको हो। राष्ट्रियसभाको ओज गरिमा र भावनालाई धान्नका लागि गुणात्मक ब्यक्तिको उपस्थिति आवश्यक हुन्छ। त्यहि आवश्यकतालाई पूरा गर्न आफ्नो उपस्थिति सार्थक रहने गुरु प्रसाद बरालको दावी छ। नेपालको संविधानद्वारा प्रदत्त राजनीतिक सामाजिक आर्थिक अधिकारलाई पूर्ण कार्यावन्यन गर्ने विधि ब्यवस्था र कानुन तयार गर्न आफ्नो उमेद्धवारी रहेको बरालको भनाई छ।

अहिले देशमा सबैभन्दा आवश्यक कुरा भनेको सुशासन हो । सुशासन ग्यारेन्टि गर्नुपर्ने ज्वलन्त आवश्यकता छ। सुशासनका लागि भएका संसारका अशल अभ्यास र नेपालका सिकाइलाई जोडेर असल कानुन बनाउने र प्रचलनमा ल्याउनका लागि गुणात्मक ब्यक्तित्वको खाँचो छ। सो खाँचोलाई पूरा गर्न गुरु बरालको राष्ट्रियसभामा आवश्यकता देखिन्छ। गरीवि बिरुद्धको लडाई पूरा नगरि समाजवादको पूर्वाधार स्थापना हुन सक्दैन। गरीविको रेखामुनि रहेका जनतालाई त्यहाँबाट उकास्न जनसंख्यालाई जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकतालाई ब्यवहारमा उत्रार्न बिगत लामो समय देखि सकृय अभियन्ता बरालको राष्ट्रियसभामा उपस्थितिले गहीरो अर्थ राख्छ।

राष्ट्रियसभामा पार्टी र पार्टीभन्दा पनि माथि उठेर देश र जनताको पक्षमा उन्नत ढंगले काम गर्न सक्ने ब्यक्तिको आवश्यकता हुन्छ। त्यो आवश्यकतालाई बरालले पूरा गर्न सक्नुहुने भएकाले उहालाईँ देशका लागि आवश्यक साझा उमेद्धवारका रुपमा हेर्न सकिन्छ। सबै पार्टीका विचार,नीति र सिद्धान्तलाई मनन र बिश्लेषण गर्दै साझा र सकारात्मक कुरालाई लिएर हिड्नेसक्ने उहाँको खुवी राष्ट्रियसभाका लागि आवश्यक पर्ने बिश्लेषकहरुको राय छ।