दमक/ रिर्टर्नी माइग्रेन्ट नेपालको प्रदेश १ कमिटी र मातहतका जिल्ला कमिटीहरु बिगठन गरिएको छ। प्रदेश समिति र जिल्ला समितिको समयावधि सकिएर निष्क्रिय भएको र केन्द्रबाट समेत कुनै मार्गदर्शन र कार्यक्रमहरु नआएकोले अन्यौलता रहेको भन्दै बिगठन गरिरएको हो।

बिदेशबाट फर्किएका युवाहरुको साझा संस्थाको रुपमा स्थापित रिर्टर्नी माइग्रेन्ट नेपाल प्रदेश समिति, प्रदेश १को दमकस्थित अर्चिड एकेडेमीको सभाहलमा भएको अन्तिम बिस्तारित बैठकले यस्तो निर्णय गरेको समितिले जनाएको छ।

बैठकमा रिर्टर्नी माइग्रेन्ट नेपालका लागि गरिएको प्रयत्न सुरुदेखि बिघटनसम्मको प्रगति समिक्षा एवं कमिकमजोरीहरुको आत्मसमिक्षा गरिएको थियो। समिक्षामा जिल्ला तथा प्रदेशलाई केन्द्रबाट अधिकार प्रत्यायोजन नगरिएको र स्थानीय स्तरमा कुनै कामकाज गर्न तथा सम्झौता गरी योजना सञ्चालन गर्न जिल्लामा सुचिकृतका लागि कुनै कानुनी बैधानिक कागजात तथा सिफारिश केन्द्रबाट उपलब्ध हुन नसकेको, कतिपय स्थानमा कामहरु भएका तर स्थानीय तहबाट भुक्तानी लिन असहज भएको बैठकका सहभागीहरुद्वारा राखिएको थियो। returni

गत बिहिबार भएको बैठकमा यस ढंगले सँस्था सञ्चालन गर्न कठिन हुने भन्दै प्रदेश १ मातहतका सम्पूर्ण कमिटीहरु बिगठन गरी निकास दिन उचित हुने प्रदेश समितिलाई जिल्ला समितिका अध्यक्ष तथा संयोजकहरुले सुझाव दिएका र सोही सुझावको आधारमा सर्वसम्मत रुपमा रिर्टर्नी माइग्रेन्ट नेपाल प्रदेश नम्बर १ कमिटी र मातहतका जिल्ला शाखाहरु बिगठन गरिएको संस्थाका अध्यक्ष गोकुल थापाले बताउनुभयो।

प्रवासबाट फर्किएका युवाहरुको श्रम, शिप र पुँजीको सदुपयोग गर्दै स्वरोजगारका सन्दर्भमा काम गर्ने गरी रिर्टर्नी माइग्रेन्ट नेपाल २०७५सालदेखि क्रियाशिल थियो। समितिको केन्द्रीय समितिका सचिव उत्तम श्रेष्ठ सेनको प्रमुख अतिथ्यता एवं १ नम्बर प्रदेश समितिका अध्यक्ष गोकुल थापाको अध्यक्षतामा भएको अन्तिम बैठकमा ताप्लेजुङ अध्यक्ष गोपाल भण्डारी, मोरङ अध्यक्ष राजु भट्टराई, सुनसरी अध्यक्ष खगेन्द्र कार्की, धनकुटा अध्यक्ष उमेश देउजा, भोजपुर संयोजक मिनध्वज कार्की, पाँचथर संयोजक ज्ञानेन्द्र सम्वाहाम्फे, उदयपुर सह–संयोजक ओमराज लिम्बु, झापा कोषाध्यक्ष रोशनी अधिकारी, झापा जिल्ला सदस्य मीरा संग्रौला तथा प्रदेश समितिका पदाधिकारी तथा अन्य कृयाशिल अभियन्ताहरु उपस्थित थिए।