बिराटनगर/ प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको हो।

सामाजिक बिकास मन्त्रालयले पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३–३, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको हो।

मोरङको बिराटनगरमा २१९, सुन्दरहरैचा र स्थानीय तह नखुलेका ३–३, कटहरीमा २ र रंगेलीमा १, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका २–२, बर्जु, दुहवी र देवानगञ्जमा १–१, झापाको भद्रपुरमा २३, अर्जुनधारा र बिर्तामोडमा ४–४, मेचीनगरमा २, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, उदयपुरको त्रियुगा, कटारी र स्थानीयतह नखुलेका १–१, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिबार ७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २९ महिला र ४७ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुईजना पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ६१४ रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।