सुनसरी/ तत्कालिन समयमा इलाका प्रहरी कार्यालय पकलीमा दरबन्दी भई इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान चन्द्र तवदारको २०७७ असार २८ गते सवारी दुर्घटनामा घाईते भएका थिए।

असार २८ गते राती पौने नौ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तरगत इटहरी उपमहानगरपालिका ५खण्डमा ड्युटिका क्रममा तवदार सवार को ३४ प ९५६ नम्बरको मोटरसाईकललाई को १ त ६०३ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

तत्कालिन समयमा भएको दुर्घटनामा प्रहरी जवान तवदारको उपचारको क्रममा ज्यान गएको थियो। दुर्घटनापछि ट्याक्टरका चालक सुन्दरहरैँचा ४ का राजेश उराव घटनास्थलबाटै फरार थिए।

फरार रहेका उराउलाई इलाका प्रहरी कार्यालय इटहरीले खोजतलासको क्रममा इटहरी ४ स्थित मिलन चौक एरियामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत केशव कटवालले बताउनुभयो।